चितवन विशेष

देवघाटको संस्कृत गुरुकुलमका विद्यार्थीलाई कपडा वितरण

Banner

आशिष उप्रेती

चितवन, असार ४–

देवघाटको वागेश्वरीमा रहेको योगी नरहरिनाथ संस्कृत गुरुकुलमका विद्यार्थीलाई आज कपडा वितरण गरिएको छ ।

कपडा व्यवसायी संघ नारायणगढ चितवनले संस्कृत गुरुकुलमका २१ जना विद्यार्थीलाई कपडा वितरण गरेको हो । विद्यार्थीलाई आश्रमबाट माग भए बमोजिमको करिब २५ हजार रुपैयाँ बराबरको प्रति विद्यार्थी २÷२ सेटको हुने गरी पहेलो रंगको दउरा सुरुवालको ड्रेस वितरण गरिएको हो ।

कपडा वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा कपडा व्यवसायी संघ नारायणगढ चितवनका सल्लाहकार नारायणप्रसाद शर्मा, वागेश्वरी आध्यात्मिक परिषद्का संरक्षक शान्तप्रसाद पोख्रेल, वागेश्वरी आध्यात्मिक परिषद्का अध्यक्ष शैलेन्द्रकुमार पिया, वागेश्वरी आध्यात्मिक परिषद्का सल्लाहकार ऋषिराम पाण्डे, गुरुकुलमका प्राचार्य यदुनाथ पोख्रेल, ज्येष्ठ नागरिक कल्याणकारी परिषद् नेपालका अध्यक्ष नारायण तिवारी, देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकाल, पत्रकार महासंघका केन्द्रीय सदस्य सृजना अर्याललगायतको उपस्थिति रहेको थियो ।

परिषद्का अध्यक्ष पियाले दाताहरुको सहयोगले आश्रमका बटुकहरुको शिक्षादीक्षामा सहयोग पुग्ने भन्दै सहयोगी दातालाई धन्यवाद समेत व्यक्त गरेका थिए । कार्यक्रम कपडा व्यवसायी संघ नारायणगढ चितवनका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>