चितवन विशेष
सकियो पाँच दिने उद्घोषण तालिम
चितवन, असार ३–
भरतपुर महानगरपालिका–४, स्थित धारापानी टोल विकास संस्थाको आयोजनामा भएको पाँच दिने उद्घोषण तालिम मंगलबार सकिएको छ ।
जेष्ठ ३१ देखि सुरु भएको तालिम मंगलबार सकिएको हो । कार्यक्रममा संस्थाका कार्यसमिति र स्थानीय टोलबासी गरी ४४ जनाको सहभागिता रहेको थियो । तालिमको संयोजन सस्थाका सदस्य जोन कँडेलले गरेका थिए ।
तालिम समापन समारोहका प्रमुख अतिथि वडा नंं ४ का वार्ड अध्यक्ष हरिप्रसाद आचार्यले धारापानी टोल विकास संस्थाले साच्चिकै उपलब्धि मूलक तालिमको आयोजना गरेको बताए । कार्यक्रमका विशिष्ठ अतिथि प्रेम पाठकले पनि संस्थाले गरेको कार्यक्रमको प्रशंसा गरे । कार्यक्रममा संस्थाका उपाध्यक्ष दत्तप्रसाद पोख्रेल, शोभा खड्का, यमलाल कँडेल, गोमा कँडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष चिरञ्जिवी प्रसाद भट्टराईले तालिम उपलब्धि मूलक भएको बताए । उनले आगामी दिनमा पनि यस्ता तालिमहरुको अयोजना गर्न यो तालिमले हौसला प्रदान गरेको बताए । तालिममा संचारकर्मी उर्गेन तामाङ र अनिल भट्टराईले प्रशिक्षण दिएका थिए ।