चितवन विशेष

काँग्रेसले गर्‍यो चितवनका १५ नेता तथा कार्यकर्तालाई कारवाही (नामसहित)

Banner

चितवन, असार ३–

नेपाली काँग्रेसले २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश सभा एवं संघीय संसदको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध वागी उम्मेदवारी दिएका चितवनका १५ जना नेता तथा कार्यकर्तालाई कारवाही गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले उम्मेदवार बनेका, निजका प्रस्तावक एवंम् समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका, नेता तथा कार्यकर्ताहरुलाई कारवाही गरेको हो । उनीहरुलाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारवाही गरिएको समितिका संयोजक भीष्मराज आङ्देम्बेले जानकारी दिए ।

उनीहरुलाई ६ वर्षका लागि कारवाही गरिएको जानकारी दिए । उनले वागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरुको नामावली हालसम्म केन्द्रीय अनुशासन समितिमा पठाउन बाँकी जिल्लाहरुलाई तत्काल नामावली पठाईदिन समेत निर्देशन गरिएको बताए ।

कारवाहीमा पर्ने चितवनका नेता तथा कार्यकर्ताहरुः

१. लक्ष्मीकुमारी चौधरी (रत्ननगर ४), रत्ननगर नपा उपप्रमुखका वागी
२. वन्धुराम महतो (रत्ननगर ९), रत्ननगर नपा वडा नं. १९, वडा अध्यक्षका वागी, निजका समर्थक कृष्ण महतो र प्रस्तावक भुवन महतो
३. प्रेमकुमार श्रेष्ठ (कालिका १), कालिका नपा वडा नं. १, वडा अध्यक्षका वागी
४. पूर्णबहादुर गुरुङ्ग (भरतपुर १८), भरतपुर वडा नं. १८, वडा सदस्यका वागी
५. प्रजापति सापकोटा (भरतपुर १९), भरतपुर वडा न. १९, वडा अध्यक्षमा राप्रपा नेपालबाट उम्मेदवार
६. छविलाल सापकोटा (भरतपुर २५), भरतपुर वडा नं. २५, वडा अध्यक्षमा राप्रपा नेपालबाट उम्मेदवार
७. रामबहादुर नेपाली (भरतपुर १४), भरतपुर वडा नं. १४, वडा अध्यक्षमा राप्रपा नेपालबाट उम्मेदवार
८. खेमराज पौडेल (भरतपुर १४), भरतपुर वडा नं. १४, वडा सदस्यका वागी
९. राजराम घिमिरे (भरतपुर १४), भरतपुर वडा नं. १४, वडा अध्यक्षका वागी
१०. अवनी मैनाली (भरतपुर ३), भरतपुर वडा नं. ३, महिला सदस्यमा राप्रपा नेपालबाट उम्मेदवार
११. अनिल भट्ट (रत्ननगर २), वागी
१२. प्रवेश किरण अधिकारी (भरतपुर १५), चितवन क्षेत्र नंं ३ प्रतिनिधिसभामा वागी
१३. टिकाराम भट्टराई (माडी ५), माडी वडा नं. ५, वडा अध्यक्षमा वागी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>