चितवन विशेष

अण्डा उत्पादक संघः शिवराम केसीले गरे अध्यक्षको पदभार ग्रहण

Banner

चितवन,असार २-

नेपाल अण्डा उत्पादक संघको केन्द्रीय अध्यक्षको दाबी गर्दै आएका शिवराम केसीले पदभार ग्रहण गरेका छन् । उनले सोमबार नारायणगढमा रहेको संघको केन्द्रीय कार्यलयमा पदभार ग्रहण गरेका हुन् ।

कार्यालयमा लगाईएको ताला फोडेर केसीलगायतका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । अध्यक्षको कुर्सीमा बसेर उनले सोमबारदेखि संघको नयाँ कार्यसमितिले कामको थालनी गरेको बताए । उनले किसानका समस्या समाधान गर्ने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा संघका पूर्व अध्यक्ष विष्णुप्रसाद अधिकारीको समेत उपस्थिती थियो । यसअघि त्रिलोचन कँडेलले विभिन्न पोल्ट्री क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा आफु नै आधिकारीक अध्यक्ष भएको दाबी गरेका थिए ।

संघको कार्यालयमै नवनिर्वाचित समितिको पहिलो बैठक समेत सम्पन्न भएको छ । बैठकले किसानका समस्याहरु समाधान गर्न मन्त्रालय र सम्बन्धित निकायहरुलाई अनुरोध गर्ने, बर्ड फ्लुले क्षति भएका किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन अनुरोध गर्ने र यस क्षेत्रको समस्या समाधान गर्न सम्बन्धित निकायमा नवनिर्वाचित समिति तत्काल जाने समेत निर्णय भएको के.सी.ले जानकारी दिए । साथै संघको विविध विषयमा चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लसँग सोमबारनै छलफल समेत भएको र मंगलबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र प्रहरी प्रमुखको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा छलफल गर्ने कार्यक्रम रहेको के.सी.ले जानकारी दिए ।

यसअघि सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत केसीले पोल्ट्री क्षेत्रमा विदेशी लगानी भित्र्याउन हुन नहुने बताएका छन् । पोल्ट्री क्षेत्रमा विदेशी लगानी घातक हुने भन्दै स्वदेशी व्यवसायीहरु पलायन हुनसक्ने बताए । उनले यसतर्फ सरकारको ध्यानाकर्षण समेत गराए । उनले आफू विदेशी लगानी रोक्नुपर्ने पक्षमा समेत रहेको बताए । कुखुराजन्य उत्पादनमा नेपाल आत्मनिर्भर रहेकाले विदेशी लगानी रोकी यहाँका व्यवसायहरुलाई उचित वातावरण तयार गर्न सरकारसँग उनले अनुरोध समेत गरेका छन् ।

‘विदेशी लगानी रोक्नुपर्छ भनेर लाग्दा नेपाल पोल्ट्री महासंघका अध्यक्षलगायतका व्यक्तिहरुले मलाई खेदो गर्नुभएको छ’ केसीले भने । ‘मैले विदेशी लगानी रोकेर यहाँका व्यवसायीलाई प्रमोट गर्नुपर्छ भने, उहाँहरुलाई सो कुरा मन नपरेपछि म र मेरो कार्यसमिति नै अवैद्य हो भन्दै उहाँहरुले विज्ञप्ती जारी गर्नुभयो’–उनले थपे ।

अण्डा उत्पादक किसानहरुको बाक्लो सहभागिता रहेको जेठ २४ गतेको संघको सौराहामा सम्पन्न १५औँ साधारण सभाबाट आफूलाई अध्यक्ष बनाएको केसीले बताए । साथै उनले सौराहामा बनेको नवनिर्वाचित समिति वैधानिक भएको र यस अगाडिको समिति निवर्तमान भइसकेको समेत बताए ।

गत जेठ २४ गते सौराहामा अण्डा उत्पादक संघ केन्द्रीय समितिको साधारण सभा बोलाइएको थियो । सो साधारण सभामा किसानहरुको उल्लेख्य सहभागिता थियो । साधारण सभा हुनुपूर्व नै बन्द सत्र भन्दा बाहिरै संघका तत्कालिन अध्यक्ष त्रिलोचन कंडेलले किसानका पक्षमा काम नगरेको उनीहरुले आरोप लगाएका थिए । एकाथरी किसानहरु त्रिलोचन कंडेल नेतृत्वको समितिले काम गर्न नसकेको भनी उनलाई पदबाट हटाउन हस्ताक्षर संकलन गर्दै थिए ।

सो कार्यक्रममा हुलदंगा अथवा झैझगडा हुनसक्ने भन्दै इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी सन्तोष आचार्यको नेतृत्वमा प्रहरीहरु परिचालित थिए ।

समयमै कार्यक्रम सुरु नभएपछि संघका पदाधिकारीहरुको तत्काल बैठकबसी विभिन्न विषयमा सहमति गरी साधारण सभा सुरु भएको थियो । सभामा संघमा आवद्ध किसान गोविन्द शर्माले तत्कालिन कार्यसमितिको विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्ताव दर्ता भएपछि संघका अध्यक्ष कँडेलले मन्तव्य व्यक्त गर्ने क्रममा बन्द सत्रमा आर्थिक प्रतिवेदन र प्रगति प्रतिवेदन प्रस्तुत गर्न जरुरी नरहेको भन्दै मौखिक रुपमा किसानहरुसामु राजीनामा दिएको घोषणा गरी आफू र आफ्नो समिति विघटन भएको घोषणा गरी हलबाट बाहिरिएका थिए । सौराहामा आयोजित १५औँ साधारण सभामा भेला भएका देशभरका किसानहरुले संघ विघटन भएर बस्न नसक्ने भन्दै किसानहरुलाई अफ्ठ्यारो परेको समयमा तत्काल समिति गठन गर्नुपर्ने उनीहरुले आवाज उठाए ।

संघको विधानको दफा २३ को उपदफा ३ अनुसार जेष्ठ सदस्यको अध्यक्षतामा कार्यक्रम गर्ने साधारण सभाले निर्णय पारित ग¥यो । सोही अनुसार संघका जेष्ठ सदस्य विष्णुहरि अधिकारीको अध्यक्षतामा सो १५ औँ साधारण सभा सम्पन्न भयो । सो सभाले शिवराम के.सी.को नेतृत्वमा नयाँ समिति चयन ग¥यो ।

किसानसँग सहकार्यको सट्टा अन्य तत्वहरुसँग उनको साँठगाँठ हुन थालेपछि अहिले अण्डा उत्पादक किसान विचल्लीमा पर्नुपरेको उनीहरुको आरोप छ । अण्डाको बजार मूल्य खस्किएको छ । लागत मूल्य भन्दा पनि कममा विक्री गर्नुपरेको उनीहरुको दुःखेसो छ । आफूहरु टाट पल्टन लागेको समेत उनीहरुले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>