चितवन विशेष

भरतपुरको मझुवा सामुदायीक वनमा कांग्रेसको प्यनलै विजयी

Banner

चितवन,असार २-

मझुवा सामुदायीक वन उपभोक्ता समितिको नेतृत्वमा कांग्रेसको प्यानलनै विजयी बनेको छ । साविक शारदानगर र गुञ्जानगरमा अवस्थित सामुदायीक वनको अध्यक्षमा राजकुमार तामाङ विजयी बनेका छन् । उनले नेकपाका बुद्धिमान तामाङलाई ६ मतले पछि पारे । राजकुमारले ४५ मत ल्याए । बुद्धिमान निवर्तमान अध्यक्ष हुन् । राजकुमार बुद्धिमान पहिलेको कार्यकालका अध्यक्ष हुन् । कार्यसमितिको पदाधिकारीमा पनि कांग्रेस तर्फका उम्मेदवार विजयी बने । उपाध्यक्षमा गुणराज पौडेल (४४), सचिवमा संगिता महतो (४५), सहसचिवमा पुष्पराज अधिकारी (४६), कोषाध्यक्षमा भरतराज पौडेल (४४) मत ल्याएर विजयी बने ।

स्थानीय देखि केन्द्रमा नेकपाको वर्चस्व कायम रहेका बेला कांग्रेसले नेकपाकै उम्मेदवारलाई पराजित गरेका छन् । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ चुनाव अघिल्ला दिनमा स्थानीय छलफलमा सहभागि भएर पार्टीका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका थिए । वडाध्यक्षहरु भरतपुर–१७ का ललितमान तामाङ, १८ का दिपक लामा, १९ का कर्णबहादुर गुरुङ, २० का मनिलाल तामाङ सक्रिय बनेका थिए ।

स्थानीय कांग्रेसका नेता सूर्यहरी मरहट्टठाले पार्टीको आन्तरिक कलह त्यागेर ऐक्यवद्धता जनाउने काम सुरु भएको मतपरिणामले देखाएको बताए । कांग्रेसको जनजागरण अभियानले स्थानीयलाई पार्टीप्रतिको विश्वास जगाएको बताए । करिव १ सय ९६ हेक्टरमा फैलिएको सामुदायीक वन पर्यटन क्षेत्रका लागि महत्वपूर्ण क्षेत्र समेत हो । नवनिर्वाचित अध्यक्ष राजकुमार तामाङले मझुवालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

“दोस्रो पटक अध्यक्ष बनेको छ, पर्यटन पूर्वाधारका लागि ध्यान दिनेछु”, उनले भने, “आसपासका क्षेत्रमा होमस्टे प्रर्वधन गरिनेछ ।” हाल सञ्चालनमा रहेको होमस्टेलाई विस्तार गर्दै अन्य स्थानीयलाई समेत होमस्टे सञ्चालन गर्न प्रोत्साहन गरिने बताए । “अब पर्यटक घुम्न पैदल मार्ग बनाइनेछ, भ्यूटावर बनाइनेछ”, उनले भने, “गैडा, बाघ, जरायो लगायतका जनावर सहजै हेर्ने व्यवस्था मिलाइनेछ ।” हाल सञ्चालनमा रहेको पीकनिक स्पटमा आवश्यक पूर्वाधार थप गरिने बताए । नारायणगढबाट करिव १४ किमिको दुरीमा रहेकाले विदेशी तथा स्वदेशी पर्यटक रमाउने केन्द्रका रुपमा विकास गर्न सकिने बताए । सामुदायीक वन नजिकका स्थानीयको जीवनस्तर सुधारका लागि वनको आम्दानीबाट योजना तथा कार्यक्रम कार्यान्वयनमा ल्याइने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>