चितवन विशेष

रत्ननगरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

Banner

चितवन,असार २-

रत्ननगर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । सो कार्यक्रम अन्तर्गत रत्ननगर नगरपालिकाले पहिलो चरणमा ६० जनालाई काममा लगाएको छ । काममा लगाएका ६० जना मध्य ५० जना महिला रहेका छन । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले वडा नं १६ स्थित भूतियामा आयोजित कार्यक्रममा कामदारलाई बेल्चा र तगरी दिएर नगरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गरेका थिए । सो अबसरमा मेयर वनले कामको खोजिमा भौतारिनु पर्ने अबस्थाको अन्त्य भएको भन्दै काम गर्ने र रोजगार बन्ने समय आएको बताए ।

विदेशमा युवा पलाय राक्न र स्वदेशमा रोजगारी सृजना गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको भन्दै उनले श्रममा विश्वास गर्नेहरुका लागि यो उपयुक्त अबसर भएको बताए । वडा नं १६ को भूतियामा रहेको पिठुवा सिंचाई जल उपभोक्ता संस्थाको नहर सरसफाई गर्न वडा नं १४, १५ र १६ का ६० जनालाई काममा लगाइएको रोजगार संयोजक भवानी अधिकारीले जानकारी दिइन ।

तीन वटा वडामा रोजगारीको लागि आवेदन दिएका ४५० जना मध्य महिलो चरणमा ६० जनालाई काममा लगाइएको हो । ६० जनाले १५ दिन काम गर्ने छन । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक विकास आयोजना अन्तर्गत एउटा कामदारलाई एक दिनको ज्याला ६४० रुपैया प्रदान गरिने छ । सरकारले दैनिक ज्याला ५१३ रुपैया तोकेको भएपनि नगरपालिकाले १२३ रुपैया थप गरी ६४० रुपैया प्रदान गरेका हो ।

प्रधानमन्त्री रोजगार कोषबाट चालु आर्थिक बर्षका लागि ३३ लाख रुपैया आएको छ । रत्ननगरमा अहिले सम्म १ हजार ८६२ जनाले रोजगारका लागि आवेदन दिएका छन । चालु आर्थिक बर्षमा एउटा वडामा २० जनालाई काम दिने योजना नगरपालिकाले बनाएको उपमेयर विमला दुवाडीले जानकारी दिइन । चालु आर्थिक बर्षमा रत्ननगरमा ३२० जनाले काम पाउने छन । सरकारले दिने काममा महिलाहरुको अग्रसरताले उत्सहा थपेको उपमेयर दुवाडीले बताइन । महिलाको काम प्रभावकारीसंगै विश्वासिलो पनि हुन्छ उनले भनिन् यसले विकास निर्माणको काम अब बलियो हुनेछ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सडक स्तरोन्नति, सानासाना पूर्वाधार निर्माण, श्रममूलक काम, सडक निर्माण, कृषि, सिँचाइ, ग्रामीण खानेपानी, शिक्षा,वन,जलाधार क्षेत्रमा रहेर काम गर्ने कार्यविधि रहेको छ । यस कार्यक्रममा १८ वर्षदेखि ५० वर्षसम्मका बेरोजगार नागरिक सहभागी हुन पाउने छन् । कार्यक्रममा वडा नं १६ का वडाध्यक्ष हेमराज थापा,हरिकुमार श्रेष्ठ,वडा नं १५ का कार्यबहाक वडाध्यक्ष रामकृष्ण खड्का,वडा सदस्य रामबहादुर लामा लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>