चितवन विशेष

चितवनका छ स्थानीय तहमा भोलिदेखी तीन दिन विद्यालय बन्द

Banner

चितवन, असार १–

चितवनमा अत्याधिक गर्मी बढेपछि छ स्थानीय तहले भोलि (सोमबार)देखी विद्यालय बन्दको घोषणा गरेका छन् ।

आज भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकाले सूचना जारी गर्दै तीन दिनका लागि विद्यालय बन्दको घोषणा गरेको हो । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनाले भने विद्यालय बन्द घोषणा गरेको छैन् । गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले भोलि कार्यपालिकाको बैठक बसेपछि विदा बारे निर्णय गरिने जानकारी दिए ।

बाँकी सबै स्थानीय तहले नीजि तथा सामुदायिक विद्यालय बन्द गरेको हो । पछिल्लो केहीदिन यता चितवनमा अत्याधिक गर्मी बढेको छ । हिजो सबैभन्दा धेरै ३८ डिग्री तापक्रम पुगेको थियो ।

भरतपुर महानगरप्रमुख रेनु दाहालले बर्खे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गरिएको जानकारी दिईन्। तापक्रम बढेसँगै विद्यालय बन्द गर्नु परेको उनको भनाइ छ । सरोकारवालाको सुझाव र विद्यालयको वस्तुगत अवस्थाको मूल्याङ्कन गरी बिदाको निर्णय लिइएको दाहालले बताइन् । गर्मी बढेसँगै साना बालबालिका बिरामीसमेत पर्न थालेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>