चितवन विशेष

डा. सुदिप केसी बने चितवनकै पहिलो युरोलोजिष्ट सहप्रध्यापक

Banner

चितवन, असार १-

पुरानो मेडिकल कलेज भरतपुरमा कार्यरत डा. सुदिपराज केसी चितवनकै पहिलो युरोलोजिष्ट सहप्रध्यापक बनेका छन् ।

काठमाण्डौं विश्वविद्यालयले डा. केसीलाई सहप्राध्यापकमा बढुवा गरेपछि उनी जिल्लाकै पहिलो यूरोलोजिष्ट सहप्राध्यापक बनेका हुन् । युरोलोजीमा एमसीएच गरेको दुई वर्षपछि डा. केसीलाई उपप्रध्यापकबाट सह–प्राध्यापकमा बढुवा गरिएको हो । डा. केसीले युरोलोजी विषयमा एमएस गर्दै गरेका एक जना विद्यार्थीलाई आफूसँगै राखेर पढाउन पाउँछन् ।

विगत ११ वर्षदेखि उनले चितवनमा रहेर युरोसम्बन्धी बिरामीलाई सेवा दिँदै आएका छन् । अति विशिष्ट सेवाका रुपमा लिइने युरोलोजी सेवामा पुरानो मेडिकल कलेज, नयाँ मेडिकल कलेज र क्यान्सर अस्पतालमा उपलब्ध छ । चितवनमा पिसाब, पथ्थरी, मृगौला, प्रोष्टेटका बिरामीहरुको संख्या बढ्दैं गएको भन्दैं डा. केसीले सेवा पनि विशिष्टिकृत हुँदै गएको बताए । अझैं पनि मृगौला, प्रोष्टेट र त्यसमा हुने क्यान्सर सम्बन्धी बिरामीहरु विषेशज्ञ चिकित्सकसँग आइ नपुग्नु एक खालको समस्या रहेको डा. केसीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>