मकवानपुर

प्रदेश ३ को बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता, प्रदेशका सबै जिल्ला चक्रपथले जोडिने

Banner

हेटौँडा, असार १-

प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक वर्ष २०७६\७७ का लागि करिब ४८ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।
संघीय सरकारले ल्याएको कूल बजेटको करिब ३.२६ प्रतिशत बजेट छुट्याउँदै प्रदेश नम्बर ३ ले सबैभन्दा ठूलो रकम पूर्वाधार विकासका क्षेत्रमा खर्च गर्ने भएको हो । केन्द्रमा संघीय सरकारले गत जेठ १५ गते १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो ।

यता प्रदेश सरकारले पनि असार १ गते भित्र प्रादेशिक बजेट ल्याइसक्नु पर्ने संवैधानिक प्रावधान अनुसार आज सात वटै प्रदेश सरकारले बजेट ल्याउँदै छन् । सबै भन्दा बढी बजेट ल्याउँदै गरेको प्रदेश ३ सरकारले आफ्नो बजेटको ठूलो रकम पूर्वाधार विकासमा खर्चने भएको हो । बजेटको प्राथमिकतामा प्रदेशकै गौरवको आयोजना अन्तर्गतको पोष्टबहादुर बोगटी भीमफेदी–काठमाडौ सुरुङमार्ग परेको छ ।

त्यस्तै, प्रदेशका सबै जिल्लालाई समेट्ने गरी पुष्पलाल चक्रपथ निर्माण आयोजनामा समेतमा प्रदेशले बजेट छुट्याउने भएको छ । यता, स्वास्थ्य क्षेत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गौरवको योजानका रुपमा अगाडि बढाइएको छ । हेटौंडा अस्पतालको क्षमता बृद्धि गरेर स्वाथ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने तयारी प्रदेश सरकारले गरेको छ ।

त्यस्तै मदन भण्डारी सडक निर्माण गर्नका लागि बजेट छुट्याइएको र गौरवका योजनाका रुपमा अगाडि बढाइएको समेत प्रदेश सरकारले जनाएको छ ।

चालु आर्थिक वर्षका केही महत्वपूर्ण योजनालाई गौरवका योजनाका रुपमा सरकारले लिएको थियो । तर, रकम खर्च गर्न नसकेपछि आउँदो आर्थिक वर्षको योजनामा पनि गौरवका योजनाका रुपमा अगाडि बढाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>