चितवन विशेष
जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण
०

काठमाडौं, जेठ ३२–
युवाहरुको सामाजिक संस्था ‘हाम्रो दृष्टि, राम्रो दृष्टि’ ले भरतपुरको ठिमुरास्थित राष्ट्रिय आधारभूत विद्यालयका २५ जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।
केहि साताअघि मात्रै चेपाङ विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरेर शुरूवात गरिएको ‘सपनाको झोला’ कार्यक्रमलाई अबको १ महिनाभित्रै चितवनका अन्य २ वटा विद्यालयहरुमा आयोजना गरिने संस्थाका अध्यक्ष वसन्त गैरेले बताए ।
बिराज पेन्ट्सको आर्थिक सहयोगमा गरिएको ‘सपनाको झोला’ नाम दिइएको शैक्षिक सामग्री वितरण कार्यक्राममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकादत्त भट्टराई, प्रधानाध्यापक ज्योति नारायण ढकाल, सल्लाहकार भोजराज भट्टराई लगायत थुप्रै सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























