चितवन विशेष
जीएमआईमा अध्यनरत विद्यार्थीको बिदाई कार्यक्रम

चितवन,जेठ ३२-
द जीएमआई एकेडेमीको आयोजनामा एकेडेमिक एण्ड कल्चरल वीथ फेरवेल कार्यक्रम गरिएको छ । शनिबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरी एकेडेमीमा अध्ययनरत करिब पाँचसय विद्यार्थीहरुलाई बिदाई तथा सम्मान गरिएको हो ।
देशका विभिन्न विद्यालयहरुबाट द जीएमआई एकेडेमीमा ब्रिजकोर्स तयारीका लागि आएका विद्यार्थीहरुलाई द जीएमआई एकेडेमीले संयुक्त कार्यक्रम गरेर बिदाई गरेको छ । कार्यक्रममा विद्यालयबाट पहिलो, दोस्रो र तेस्रो भएर आउने विद्यार्थीहरुलाई विशेष पुरस्कार वितरण सहित सम्मान गरिएको थियो ।
जीएमआइमा अध्यापन गराउने शिक्षक डा.सुदर्शन कुमार गुरुङ, सुमन गिरी, विना ढकाल, सुरेश श्रेष्ठ, विशाल गुरुङ, संसार शिङ्खडालाई सम्मान गरिएको जीएमआई एकेडेमीका प्राचार्य महेश लामिछानेले जानकारी दिए । उनले जीएमआइमा अध्ययनरत मिस एसइई स्टार चितवनका विजेता स्तुती श्रेष्ठलाई समेत सम्मान गरिएको बताए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती राखेका थिए भने द म्याजिसिएन ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुती दिएको थियो ।
कार्यक्रममा जीएमआईद्वारा आयोजना गरिएको सप्ताहव्यापी कार्याक्रमको पुरस्कार समेत वितरण गरिएको थियो । जीएमआइकी अध्यक्ष सुस्मिता लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोविन्द सापकोटा रहेका थिए । कार्यक्रममा प्याब्सन चितवनका अध्यक्ष टिका चापागाई, कवि तथा सहित्यकार सिर्जन अविरल, अर्किड कलेजका प्राध्यापक बाबुराम खनाल, स्मल हेभेन मोडेल स्कुलका प्राचार्य विमल क्षेत्री, गुरुकुल कलेजकी प्लस टु संयोजक हरिदेवी शर्मा, प्रेरणा कलेजका प्राचार्य देवराज शर्मालगायतको उपस्थिति थियो ।