चितवन विशेष
चितवनमा मनाईयो विश्व रक्तदाता दिवस, डेढ सय बढी व्यक्ति सम्मानित

आशिष उप्रेती,
चितवन, जेठ ३२–
चितवनमा आज (शनिबार) विविध कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त संचार केन्द्र भरतपुरले विश्व रक्तदाता दिवस कार्यशाला, पुरस्कार सम्मान एवंम् प्रशंसा पत्र वितरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा १ सय ५० जना भन्दा बढीलाई सम्मान गरिएको थियो । सबैभन्दा बढि रक्तदान गरेका व्यक्ति र संघसंस्थाहरुलाई सम्मान गरिएको हो । साथै नेपाल रेडक्रस सोसाईटीलाई सहयोग र साथ दिएकाहरुलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी रहेका थिए ।
कार्यक्रममा ईच्छाकामना गाउँपालिकाका प्रमुख गीता गुरुङ, नेपाल रेडक्रस सोसाईटी प्रदेश नम्बर ३ का सदस्य डा. पुष्करनाथ भुषाल, क्षेत्रीय रक्त संचार केन्द्र भरतपुरका प्रमुख/वरिष्ठ अधिकृत रमेशकान्त पौडेल, नेपाल रेडक्रस सोसाईटी चितवनका मन्त्री हरिप्रसाद पौडेल, जिल्ला प्रशासन कार्यालय चितवनका रामचन्द्र ढकाल, पत्रकार महासंघका केन्द्रीय सदस्य सृजना अर्याल, भरतपुर महानगरका विभिन्न वडाका वडा अध्यक्षहरुलगायतको उपस्थित रहेको थियो ।
सो कार्यक्रम नेपाल रेडक्रस सोसाईटी चितवनका सभापति ज्ञानशाली न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
























