चितवन विशेष

चितवनमा आज यस वर्षकै सबैभन्दा धेरै गर्मी, अधिकतम तापक्रम ३८ डिग्री पुग्यो

Banner

चितवन,जेठ ३२-

चितवनमा आज (शनिवार) यसबर्षकै सबैभन्दा धेरै गर्मी भएको छ । भरतपुर नागरिक उड्यान कार्यालयले दिएको जानकारी अनुसार आजको तापक्रम यसबर्षकै सबैभन्दा धेरै ३८ डिग्री सेल्सियस पुगेको छ । चितवनमा केही दिनदेखि गर्मी बढ्दै गएको छ । शुक्रबार चितवनको तापक्रम ३७ डिग्री सेल्सियस रेहेको थियो ।

चितवनमा अधिकतम ४० डिग्री सेल्सियस सम्म तापक्रम पुग्ने गरेको छ । दिन प्रतिदिन गर्मी बढ्न थालेपछि चितवनको जनजीवन प्रभावित बन्न थालेको छ । तापक्रम बढ्दै गएपछि दिउँसोको समयमा मानिसहरु हिडडुल समेत गर्न छोडेका छन् । मध्य तराईमा पर्ने चितवनमा निकै गर्मी हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>