चितवन विशेष
स्कुटरमा चढेर आएकी युवती नारायणीमा हाम फालिन्
२

चितवन, जेठ ३१–
नारायणी पुलबाट हाम फालेर एक युवती बेपत्ता भएकी छिन् । पूर्वी चितवनको राप्ती नगरपालिकास्थित वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा आज अपरान्ह पुलबाट हाम फालेर नदीमा बेपत्ता भएको इलाका प्रहरी कार्याल गैंडाकोटले जानकारी दिएको छ ।
गैंडाकोटबाट नारायणगढ तर्फ आउँदै गरेको स्कुटरमा सवार सापकोटा स्कुटरबाट झेरर हाम फालेको प्रत्यक्षदर्शीको भनाईलाई उदृत गर्दै प्रहरीले जनाएको छ । मावली घरबाट आफन्तसंगै फर्किदै गरेकी सापकोटा दाजुले चलाएको स्कुटरमा सवार थिइन् । उनी पुलमा सवारी चाप भएको बेला स्कुटर रोकिएको मौकामा नारायणीमा हाम फालेको थिइन् । अहिले उनको खोजी भईरहेको छ ।
सापकोटा गत फागुनमा मात्रै विहे गरेर चितवन आएकी थिइन् । उनको माईत कञ्चनपुरको महेन्द्रनगर हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>