चितवन विशेष

भरतपुर अस्पताल र न्याम्सवीच शैक्षिक कार्यक्रम नविकरण सम्झौता

Banner

चितवन,जेठ ३१-

चितवनको भरतपुर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीच शैक्षिक कार्यक्रम नविकरणको सम्झौता भएको छ । आज (शुक्रवार) भरतपुर अस्पताल र न्याम्सका प्रतिनिधिहरु विच सो सम्झौता भएको हो ।

उपकुलपति प्रध्यापक डाक्टर डिएन शाहाको उपस्थितिमा भरतपुर अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेन्ट डा.बिश्ववन्धु बगाले र न्याम्सका तर्फबाट डिन प्रोफेसर डाक्टर पियुस दाहालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

न्याम्स र भरतपुर अस्पतालवीच २०७१/०९/२६ मा भएको पुरानो सम्झौताको म्याद गतबर्षको पौषमा सकिएको थियो । नयाँ सम्झौता २०७६ जेठ ३१ देखि २०८१ जेष्ठ ३० गतेसम्म पाँच बर्ष रहने अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । भरतपुर अस्पतालमा कार्यारत शिक्षक हुनका लागि योग्य विशेषज्ञ चिकित्सक तथा नसिङ शिक्षकलाई न्याम्सको फ्याकेल्टी पोजिशन दिलाउन पहल गरिने समेत निर्णय गरिएको उहाँले बताउनुभयो ।

अस्पतालमा संचालित न्याम्सको शैक्षिक कार्यक्रम प्रा.डा. विजय पौडेलको संयोजकत्वमा ४ जना प्रध्यापक र ४ जना सहप्रध्यापक र १ जना उपप्रध्यापक कार्यरत रहेका छन् । कार्यक्रममा निवर्तमान मेसु प्रा.डा.कृष्ण प्रसाद पौडेल लगाएत अस्पतालका सबै विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>