चितवन विशेष

चितवनका उद्योग र व्यवसायीको सुरक्षा सरकारले दिन्छ: गृहमन्त्री

Banner

चितवन, जेठ ३१–

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चितवनका उद्योग र व्यवसायीको सुरक्षा सरकारले प्रदान गर्ने बताएका छन् ।

रत्ननगर नगरपालिकाले आज आयोजना गरेको वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले उद्योग र व्यवसायीको सुरक्षा जिम्मा सरकारको रहेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरे । ‘सरकारले उद्योगको सुरक्षा दिन्छ’ उनले भने ‘तपाई चितवनका व्यवसायीहरुले ठुक्क भएर उद्योगमा लगानी गर्नुहोस् ।’

उद्योगको विकास नभए सम्म बेरोजगार अन्त्य नहुँने भन्दै गृहमन्त्री बादलले औद्योगिक क्षेत्रको विकास गरी रोजगार सिर्जना गर्ने योजनामा सरकार रहेको बताए । उनले देशमै रोजगारी सिर्जना गरेर विदेशिने युवाहरुलाई रोक्ने योजना रहेको उनको भनाई छ । गृहमन्त्री बदलले रोजगार सिर्जना गर्न रत्ननगरले आयोजना गरेको रोजगार मेला विशिष्ट रहेको बताए ।

कार्यक्रममा मेयर नारायण वनले श्रम लिने र दिने बीचमा सम्बन्ध विस्तार गर्न मेलाको आयोजना गरिएको बताए । ‘एकतिर सीप भएर पनि युवाले काम नपाएको अवस्था छ, अर्को तिर दक्ष जनशक्ति नपाएर उद्योगहरु भौतारिनु पर्ने अवस्था’ उनले भने ‘बेरोजगार युवा र रोजगार दाताबीचको प्रत्यक्ष भेट गराउने र रोजगारी सिर्जना गर्ने मेलाको उद्देश्य हो ।’

कार्यक्रममा उपमेयर विमला दुवाडीले रत्ननगरका बेरोजगारको संख्या घटाउन मेला गरिएको बताइन् । मेलाले रोजगारीको पहिचान गर्ने उनको भनाई छ । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरे, नेपाली कांग्रेसका जिल्ला सह–सचिव सूर्य अर्याल, राजमोका मेघराज ढकाल, सीटिइभीटीका परियोजना प्रमुख टेकबहादुर मल्ल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा नं २ का वडाअध्यक्ष तिलकराज शर्माले धन्यवाद मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>