चितवन विशेष

काँग्रेसमा जनलहर बढ्यो, पार्टी भित्र आन्तरिक सुधारको जरुरी छः नेता महत

Banner

चितवन, जेठ ३१–

नेपाली काँग्रेसका नेता डा.रामशरण महतले पार्टी भित्र आन्तरिक सुधारको जरुरी रहेको बताएका छन् ।

पछिल्लो समसय काँग्रेसप्रतिको आस्था बढ्न थालेकोले आफैले सुरुवातमा आन्तरिक सुधार गर्न जरुरी रहेको बताए । आज भरतपुर विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै भने–‘सरकारसंग अहिले सर्वसाधरण र बौद्धिक जमातमा पनि निराशा छाएको छ, यसले काँग्रेसप्रतिको आकर्षण बढेको छ, पार्टी प्रवेश गर्ने रहर चलेको छ ।’

नेता महतले गएको निर्वाचनमा काँग्रेस पराजित हुनु आन्तरिक कारणले नै रहेको बताए । उनले एकले अर्कालाई सहयोग नगर्ने परिपाटीले काँग्रेस नजितामा कमजोर भएको बताए । उनले यसका लागि तल्लो तहदेखि माथिल्लो तहसम्म आत्मसमीक्षा गर्नु जरुरी रहेको बताए । उनले भने–‘संघसंगठमा जे जे कमजोरी भएका छन् त्यसलाई सुधार गर्दै अघि बढ्ने अभियानमा छौं ।’

नेता महतले सरकारले प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गर्ने प्रयास गरिरहेको बताएका छन् । नेता महतले भने–‘मिडिया काउिन्सल विधेयकमा काँग्रेसले विरोध गर्छ, जुन रुपमा विधेयक आएको छ, त्यही रुपमा यो विधेयक पास हुन काँग्रेसले दिँदैन् । गुठी विधेयकमा पनि हाम्रो शसक्त विरोध छ ।’

पूर्व अर्थमन्त्री समेत रहेका नेता महतले अहिलेको सरकार इतिहासमा अहिलेसम्मकै धेरैऋण लिएर बजेट बनाएको बताए । उनले एकतिहाई बजेट ऋणबाटै बनेकाले कठिन अवस्था सिर्जना भएको बताए । यस्तै नेता महतले काँग्रेसले विधि नियममा रहेर सरकारको आलोचना गरिरहेको स्पट पारेका छन् । उनले भने–‘हामी कम्युनिष्ट जस्तो हिंसामा विश्वास गर्दैनौं । सडक बन्द गर्दै हिड्ने, तोडफोड गर्दै हिडुने काम गर्दैनौं, हामी विधिवत रुपमा जान्छौं, संसदमा आएको कुरा संसदमै रोक्छौं विधेयक संसदमै आएकोले त्यही फेस गर्ने हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>