चितवन विशेष

संघीय गणतन्त्र स्थापनामा स्वर्गीय पौडेलको महत्वपूर्ण योगदानः गृहमन्त्री थापा

०
Banner

चितवन, जेठ ३१–

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संघीय गणतन्त्र स्थापनामा स्वर्गीय पूर्व शिक्षा मन्त्री धनीराम (डीआर पौडेल)को महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

आज भरतपुर विमानस्थलमा नारायणी अनलाईनसंग कुरा गर्दै मन्त्री थापाले भने–‘देशका विभिन्न भागमा भएको कम्युनिष्ष्ट आन्दोलन र पञ्चायतको विरुद्धको संघर्षको नेतृत्व पौडेलले गर्नुभयो, संघीय गणतन्त्र स्थापनमा उहाँको महत्वपूर्ण योगदान छ ।’ संघीय सरकारमा शिक्षा मन्त्री हुँदा शिक्षामा पनि पौडेलको महत्वपूर्ण योगदान रहेको मन्त्री थापाले स्मरण गरे ।

आज विहान आफ्नै निवास माडीमा हृदयघातका कारण निधन भएका पूर्व मन्त्री पौडेललाई सम्झदै मन्त्री थापाले भने–‘नेपाल कम्युनिष्ट आन्दोलनका होनाहार प्रतिभा र नेता हुनुहुन्थ्यो, कम्युनिष्ट आन्दोलनमा उहाँको ठूलो योगदान रहेको छ ।’

मन्त्री थापाले पूर्वमन्त्री पौडेलको निधनले सिंगो पाटीृ नै स्तब्ध भएको बताए । उनले स्वर्गीय पूर्वमन्त्री पौडेलप्रति श्रद्धाञ्जली अर्पण समेत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>