भिडियो

सुमन र विद्याको ‘झुम्का’ रिलिज (भिडियोसहित)

Banner

काठमाडौं, जेठ ३०–

गायक सुमन केसी र गायिका विद्या तिवारीको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक ‘झुम्का’ बोलको गीतमा पुष्प खड्का र एलिशा शर्मा फिचर छन् । गीत तथा भिडियोमा एक प्रेमिकाले प्रेमीसँग गरेको माग र त्यसलाई पूरा गर्न प्रेमीले दिएको वाचालाई देखाइएको छ ।

सार्वजनिक उक्त गीतमा वसन्त सापकोटाको संगीत रहेको छ भने शब्द अम्बिका गौतमले लेखेकी हुन् । उदयराज पौडेलले एरेन्ज गरेको गीतलाई श्यामस्वत रसाइलीले मिक्सिङ गरेका छन् ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ । अर्जुन तिवारी डिओपी रहेको भिडियोमा मनोज पौडेलको छायांकन तथा सुरेश काफ्लेको ड्रोन उडाएका छन् । भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>