मकवानपुर
प्रदेश नं ३ को बजेट असार १ गते प्रस्तुत हुने
०

चितवन, जेठ ३०-
प्रदेश नं ३ सरकारले आर्थिक वर्ष (२०७६÷०७७) बजेट असार १ गते प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने भएको छ ।
प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलको निजी सचिवालयले सो कुरा जनाएको हो । सरकारले भौतिक पूर्वाधारसहित राष्ट्रिय गौरवको आयोजना, गरिबी निवारण गर्ने आयमूलक कार्यक्रम, पर्यटन क्षेत्रको विकास, जैविक विविधता, वातावरण सुधार तथा हेटौँडा कुलेखानी जोड्ने सुरुङ्मार्गलगायत पूर्वाधार निर्माणलाई बजेटमा विशेष प्राथमिकता दिइएको मन्त्री ढुंगेलले जानकारी दिए ।
प्रदेशसभाको बैठक भोलि शुक्रबार
प्रदेश नं ३ प्रदेशसभा सचिवालयले प्रदेशसभाको चौथो अधिवेशन जेठ ३१ गते अपराह्न २ बजे बस्ने जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>