चितवन विशेष

एएफयु प्रजातन्त्रवादी कर्मचारी संघको अध्यक्षमा ढकाल

Banner

चितवन, जेठ २९–

कृषि तथा वन विज्ञान विश्वविद्यालयको प्रजातन्त्रवादी कर्मचारी संघको केन्द्रीय अध्यक्षमा श्रीभद्र ढकाल निर्वाचित भएका छन् ।

संघको दोस्रो अधिवेशनले ढकाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । आगामी दुई वर्षे कार्यकालका लागी ढकालको नेतृत्वमा १७ सदस्यीय समिति चयन गरिएको छ । अध्यक्ष ढकालले कर्मचारीको अधिकारको लागी काम गर्दै सेवा प्रवाहमा प्रोत्साहन गर्ने प्रतिवद्धता जनाए ।

केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा कृष्णकुमार गौतम, उपाध्यक्षमा ज्वालाकुमार भण्डारी र चिन्तामणी सापकोटा निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा ढुण्डिराज कँडेल, सचिवमा चन्द्रप्रसाद सापकोटा र कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ चयन भएकी छन् ।

नयाँ कार्यसमितिलाई आज (बुधबार) पद हस्तान्तरण गरिएको छ । केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तबहादुर केसीले नवनिर्वाचित ढकाललाई पद हस्तान्तरण गरेका थिए ।

विश्वविद्यालयका पूर्व रजिष्ट्रार एवंम् नेपाली काँग्रेसका युवा नेता डा. सूर्यकान्त घिमिरेको प्रमुख आतिथ्यतामा पद हस्तान्तरण गरिएको थियो । डा. घिमिरेले कर्मचारीको अधिकार र हितमा काम गर्न शुभकामना दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>