मनोरञ्जन
‘जाम्न माया जाम’ मा साम्राज्ञी र पुष्पको ठुम्का (भिडियोसहित)
०

काठमाडौं, जेठ २८–
आउँदो भदौं १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मारुनी’ को ‘जाम्न माया जाम’ बोलको गीत सार्वजनिक भएको छ ।
मंगलबार राजधानीमा एक कार्यक्रमका बीच डान्सिङ नम्बर ‘जाम्न माया जाम’ सार्वजनिक गरिएको हो । गायक दिपक बज्रचार्यको स्वर रहेको गीतमा मूख्य अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्का फिचर्ड छन् । रिक्की शाक्यको शब्द रहेको गीतमा गायक बज्राचार्य स्वयंको संगीत छ । उनले एक दशकपछि फिल्मको गीत गाएका हुन् ।
गीतको भिडियोमा प्रविन सिंहको कोरियोग्राफीमा पुष्प र साम्राज्ञीले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । पुनम गौतमले निर्माण गरेको चलचित्रमा सह–निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>