खेलकुद
हर्दी युवा समाज क्वार्टर फाइनलमा प्रवेश
०

चितवन, जेठ २८–
भरतपुरमा जारी पाँचौँ चितवन च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा हर्दी युवा समाज विजयी भएको छ । हर्दी युवा समाज भण्डाराले भैरव स्पोर्टस् क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाईनलमा प्रवेश गरेको हो ।
हर्दी युवा समाजका लागि समीर तामाङले गरेको दुई गोल गर्दै टिमलाई विजय पथमा डोहो¥याएका आयोजक एभरेष्ट क्लबका सचिव विकास कोइरालाले जानकारी दिए । आजको जीतसँगै हर्दी युवा समाज क्वार्टर फाइनल प्रवेश गरेको कोइरालाले बताए । प्रतियोगितामा हर्दी युवा समाजकै अनिश तामाङ म्यान अफ दी म्याच घोषित भएका कोइरालाले बताए ।
प्रतियोगिता अन्तर्गत भोलि बुधबार रामपुर फुटबल क्लब र सुन्धारा फुटबल क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>