चितवन विशेष

फुटपाथ व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी तालिम

Banner

चितवन, जेठ २८

उद्योग वाणिज्य संघ–चितवनमा सञ्चालित खाद्य स्वच्छता सम्बन्धी तीन दिने तालिम आज सकिएको छ ।

व्यवसायी एवम् फुटपाथमा खाद्यान्न व्यवसाय गर्ने व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी अभिमुखीकरण गराउनुका साथै सीप र जनचेतना प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । उद्योग वाणिज्य संघ–चितवन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको संयुक्त आयोजनामा उक्त तालिमको आयोजना गरिएको हो ।

तीन दिने तालिमको समापन समारोहमा प्रशिक्षाक्र्षीलाई प्रमाणपत्र वितरण गर्दै उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य एवम् अनुगमन समितिका संयोजक तथा कार्यक्रमका विशिष्ट अतिथि ईश्वरीप्रसाद खरालले आफूले सिकेको सिप र ज्ञानलाई दैनिक व्यवसायी जीवनमा प्रयोग गर्न सहभागीलाई अनुरोध गरे ।

कार्यक्रममा खरालले मानव जीवनमा खाद्य अपरिहार्य भएको तर यसको सरसफाई, स्वच्छता र व्यवस्थापनमा ध्यान दिन सकिएन भने मानव जीवनमानै अनपेक्षित घटना घट्न सक्ने औंल्याउंदै खाद्य वस्तुसँग सम्बन्धित व्यवसायी यस तर्फ संवेदनशील हुनुपर्ने बताए । सोही कार्यक्रममा पाँच टोल विकास संस्थाका संयोजकशुक्रकुमार श्रेष्ठले यस किसिमको तालिमको आयोजना गरेकोमा आयोजकहरुलाई धन्यवाद दिँदै सिकेको ज्ञानलाई प्रयोग गर्न अनुरोध गरे । कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको प्रमुख सोमकान्त रिजालले आवश्यक परेको खण्डमा आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु आयोजा गरिने बताए ।

नारायणी नदी किनार सडकका आसपासमा खाजा, नास्ता तथा खाद्यान्नसँग सम्बन्धित व्यवसायीलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा ५५ जना व्यवसायीको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिए । तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की रावत, खाद्य निरीक्षक प्रदिप काफ्ले, खगेन्द्र खतिवडा, सरोज शर्माले सहजीकरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>