चितवन विशेष
गर्मी छल्दै चितवन राष्ट्रिय निकुन्जका गैंडा (तस्विर)
०

चितवन,जेठ २६-
चितवन राष्ट्रिय निकुन्ज नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । यसको स्थापना सन् १९७३ मा गरिएको हो । यसलाई १९८४ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो । यसको क्षेत्रफल ९३२ किमी (३६० वर्ग माइल) छ ।
यसको अवस्थिति उचाई तल्लो नदी उपत्यकामा १०० मी (३३० फिट) देखि चुरे पहाड क्षेत्रमा ८१५ मी (२,६७४ फिट) सम्म रहेको छ । चितवन राष्ट्रिय निकुन्ज नेपालको मध्य तराईमा अवस्थित छ जुन जैविक विविधताको लागि धनी छ । यस निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको छ ।
सन् १९५१ सम्म चितवन उपत्यका तत्कालीन शासकहरूका बीचमा सिकार खेल्नको लागि निकै प्रचलित थियो । दुर्लभ एकसिङ्गे गैडाका लागि निकै प्रख्यात चितवन राष्ट्रिय निकुन्जमा देखिएका गैडाको तस्विर नारायणी अनलाइनको क्यामरामा कैद गरिएको छ । हेर्नुहोस तस्विरः
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>