चितवन विशेष

मिसेस चितवनको फाइनल असार २ गते हुने

Banner

चितवन, जेठ २५–

दाताज इभेन्टको आयोजनामा हुन लागेका दोस्रो मिसेस चितवनको फाइनल आउँदो असार २ गते हुने भएको छ । अडिसनमा ४५ जना छनौट भएको सो सौन्दर्य प्रतियोगिताको फाइनलमा २३ जना पुगेका छन् ।

ब्युटी र ग्ल्यामर मात्रै नभएर महिलाहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटनका लागि समेत मिसेस चितवनको आयोजना गरिएको आयोजक संस्थाकी मिना झाले बताइन् ।

दोस्रो मिसेस चितवन २०१९ आयोजक संस्थाकी दुर्गा घिमिरेका अनुसार प्रतिभावान महिलाहरुका लागि यस खालका प्रतियोगिताले प्रशस्तै अवसर जुटाउँछ । प्रतियोगिताको उपाधि विजेताले ५० हजार रूपैयाँका साथै थुप्रै पुरस्कारहरु पाउने घिमिरेले बताइन् । त्यस्तै, प्रतियोगिताको फस्ट रनरअपले ३० हजार रूपैयाँ, सेकेण्ड रनरअपले २० हजार रुपैयाँ तथा थर्ड रनरअपले १० हजार रूपैयाँका साथै अन्य पुरस्कार पाउनेछन् ।

प्रतियोगिताबारे जानकारी दिन शनिबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक दाताज इभेन्टले मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई आर्थिक सहयोग समेत प्रदान गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>