चितवन विशेष
लायन्स कम्युनिटि हेल्प सौराहाले मनायो स्थापना दिवस
०

चितवन, जेठ २५–
लायन्स क्लव अफ कम्युनिटि हेल्प सौराहाले तनहुँको बन्दिपुरमा स्थापना दिवस मनाएको छ ।
क्लवका संस्थापक अध्यक्ष लायन राजेन्द्र खरेलको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाईएको हो । सो क्रममा बोल्दै संस्थापक अध्यक्ष खरेलले क्लवलाई उत्कृष्ट बनाउन सबै सदस्यहरुलाई सक्रिय भएर लाग्न अनुरोध गरे । क्लवका उपाध्यक्ष तथा वर्ष २०१९/२० का निर्वाचित अध्यक्ष कृष्ण भट्टले लायन्सका कार्यक्रमहरुलाई महिलाहरुलाई समेत सहभागिता गराउनमा जोड दिए ।
यस्ता कार्यक्रमहरुमा सहभागिता जनाउँदा व्यक्तित्व विकासमा समेत सहयोग पुग्ने बताए । लायन दिपेश चौधरीको संयोजनमा भएको कार्यक्रम क्लवका अध्यक्ष लायन रामचन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>