चितवन विशेष

थारु पत्रकार संघको केन्द्रीय महाधिवेशन चितवनमा हुने, तयारी सुरु

Banner

चितवन, जेठ २५–

थारु पत्रकार संघको केन्द्रीय महाधिवेशन चितवनमा हुँदैछ । महाधिवेशनको तयारी स्वरुप आज (शनिबार) चितवन शाखाले नारायणगढस्थित होटल ह्याप्पी होममा कचहेरी (छलफल) कार्यक्रम गरेको छ ।

महाधिवेशनलाई सफल बनाउनका लागि विभिन्न क्षेत्रका व्यक्तित्वहरुसंग छलफल गरिएको हो । गतवर्ष दाङमा भएको केन्द्रीय भेलाले चितवनमा पाँचौ महाधिवेशन गर्ने निर्णय गरेपछि त्यसको तयारी स्वरुप थारु क्षेत्रका सरोकारवालाहरुसंग छलफल गरिएको जिल्ला अध्यक्ष कारी महतोले जानकारी दिए ।

साउनदेखि मंसिरभित्र महाधिवेशनको संयोजन गर्नुपर्ने केन्द्रीय परिपत्र अनुसार आसन्न महाधिवेशन भदौं २० र २१ गते आयोजना गर्नका लागि केन्द्रीय समितिलाई सिफारिस गरिुएको अध्यक्ष महतोले जानकारी दिए ।

महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि शाखा अध्यक्ष महतोको संयोजकत्वमा ३१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समिति समेत गठन गरिएको छ । छलफलबाट केन्द्रीय सदस्य तथा जिल्ला सल्लाहकार सन्तकुमार चौधरीको संयोजकत्वमा आर्थिक समिति, प्रदेश इन्चार्ज तथा जिल्ला सल्लाहकार राजु चौधरीको संयोजकत्वमा समन्वय समिति, उपाध्यक्ष सुमित्रा महतोको संयोजकत्वमा प्रतिनिधि/पर्यवेक्षक व्यवस्थापन समिति, जिल्ला सदस्य राकेश चौधरीको संयोजकत्वमा भोजन व्यवस्थापन समिति लगायत १२ वटा कार्यगत समिति गठन गरिएको छ ।

सोही अवसरमा शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट माध्यमिक तहको गणित विषयमा स्थायी हुन सफल भएका थारु पत्रकार संघ चितवन शाखाका सचिव मनिराम थनेतलाई बधाई पत्रबाट सम्मान गरिएको छ ।

थारु कल्याणकारिणी सभा चितवनको सभापति ललित कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाको औपचारिक सत्रमा डा.मनोज कुमार चौधरी, हेमा कुमारी चौधरी, राजु चौधरी, चन्द्र कुमारी चौधरी, शरद कुमार महतो, दिपेश चौधरी, सुमित्रा महतो, मनिराम थनेतलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतोको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>