चितवन विशेष

सरकारको रवैया जनताले बुझिसके

Banner

आशिष उप्रेती

चितवन, जेठ २५–

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी गरेको पहिलो चरणको जागरण अभियानअन्तर्गत शनिबार चितवनको अभियान समापन गरिएको छ ।

चितवनमा भएको समापन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्व गृहमन्त्री पूर्णबहादूर खड्काले कांग्रेस पार्टी संस्थागत र पद्धतिका आधारमा चल्नुपर्ने बताए । जागरण अभियान मार्फत् सरकारले गरेका गलत कामको भण्डाफोर गरेको उनले बताए । उनले सरकारको गलत रवैयाप्रति नागरिक सचेत भएको बताए । . महामन्त्री खड्काले जागरण अभियानले कांग्रेसलाई एकताबद्ध र बलियो पार्टी बनाएको दाबी समेत गरे । जागरणको उद्देश्यबारे बताउँदै उनले आन्तरिक समीक्षा, संगठन, विस्तार र सरकारको नकारात्मक गतिविधिको खबरदारी गर्ने काम रहेको बताए । कांग्रेसको जागरण अभियानअन्तर्गत द्वन्द्वपीडितको रिपोर्ट तयार पार्ने, जनआन्दोलनमा पीडितहरुको रिपोर्ट केन्द्रमा बुझाउने लगायतका काम गरिने समेत उनले बताए ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद चौधरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली पेप्सी र कोकाकोलाको जस्तै जोडी भएको बताए । देशमा लोकतन्त्र हराउँदै गएको र अधिनायकबाद फष्टाउँदै गएको भन्दै दुवैको चरित्र कत्ति पनि फरक नभएको बताए । प्रचण्ड र ओली पेप्सी कोकाकोला जस्तै रहेको भन्दै उनीहरुको चरित्र अधिनायकवाद र अराजक भएको उनले बताए ।

सरकारमा बसेका मानिसहरु नै अलोकतान्त्रिक रहेको भन्दै शान्ति सम्झौता भए पनि देशमा शान्ति नभएको बताए । उनले सरकारलाई लक्षित गर्दै देशमा हार्डकोर अपराध मौलाउँदै गएको विचार राखे । . नेता चौधरीले समाजलाई राजनीतिक हतियार बनाएर समाजलाई नियन्त्रण गर्ने प्रयास अहिलेको सरकारले गरेको बताए । . भ्रष्टाचार र लुटतन्त्रले सीमा नाघिसकेको बताउँदै नेता चौधरीले शान्ति प्रक्रिया अधुरो रहेको र अपराधि छुटिरहेको बताए ।. कम्य्ुनिष्ट सरकार कुशासन, अनियमितता, भ्रष्टाचार ग्रसित रहेकोले यसका विरुद्ध शशक्त ढंगले अघि बढ्ने उनले बताए ।

केही दिनयता सरकार र सरकारमा रहेको पार्टीका कार्यकर्ताको कारण चितवनको वातावरण धमिलिएको भन्दै नेता चौधरीले सरकारमा रहेको पार्टीकै कार्यकर्ताले प्रहरीमाथि पेट्रोल खन्याएर आगो लगाउने अति निन्दनिय कार्य गरेको आरोप लगाए । नेपाली कांग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल महिला संघका सभापती उमा रेग्मी, कांग्रेस चितवनका पूर्वसभापति एवंम् पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, कांग्रेस चितवनका पूर्व सभापति एवंम् पूर्व संविधानसभा सदस्य रामकृष्ण घिमिरेलगायत पार्टीका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>