चितवन विशेष

अण्डा उत्पादक संघको अध्यक्षमा पुनः केसी

Banner

चितवन, जेठ २५–

नेपाल अण्डा उत्पादक संघको केन्द्रीय अध्यक्ष पुनः शिवराम केसी निर्वाचित भएका छन् ।

१५ औं वार्षिक साधारण सभामा निवर्तमान अध्यक्ष त्रिलोचन कडेंलमाथी अविश्वासको प्रस्ताव पेश भएपनि उनैले आफ्नो कार्यसमिति भंग भएको घोषणा गरेका थिए । सो घोषणा पश्चात साधारण सभामा उपस्थित करिव ९० प्रतिशत भन्दा बढि सदस्यहरुले केसीलाई पुनः आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित गरेका हुन् । केसी यसअघि २०६९ सालदेखी २०७४ साल सम्म लगातार दुई कार्यकाल अध्यक्ष भएका थिए ।

साधारण सभा तथा अधिवेशनले तत्कालका लागि १२ सदस्यीय समिति चयन गरेको छ । संघको विधानमा १५ सदस्यीय समिति चयन गर्ने र वाँकी मनोनयन गरी २१ सदस्यीय वनाउन मिल्ने प्रावधान छ । निर्वाचित समितिको पदाधिकारीमा भने पुर्णता भएको छैन् । कोषाध्यक्षमा नेत्र हमाल तथा सदस्यहरुमा भरत कार्की(सुनसरी),विनोद अधिकारी (मोरङ),किरण भुषण ओली(चितवन) , आशिष भट्टराई (कास्की), ललित वहादुर जिसी(वर्दिया),भरतमणी शर्मा( दाङ), सहदेव रायमाझी (काठमाडौ),भुवन पाण्डे(कैलाली),प्रविण केसी (काभ्रे) र राजु अधिकारी(मकवानपुर ) निर्वाचित भएका हुन् । पदाधिकारी चयनको जिम्मा साधारण सभाले निर्वाचित कार्यसमितिलाई दिएको छ ।

प्रदिप खनालको संयोजकत्वमा गठित निर्वाचन समितिमार्फत नयाँ नेतृत्व चयन भएको थियो । पुनः निर्वाचित अध्यक्ष शिवराम केसीले विगतमा पनि किसानहरुकै पक्षमा लड्दै आएको बताउँदै सबैलाई समेटेर जाने प्रतिवद्धता जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>