अन्तर्राष्ट्रिय

दुबईमा बस दुर्घटना : विभिन्न देशका १७ जनाको मृत्यु

Banner

काठमाडौं जेठ २४-

दुबईमा एउटा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको र अरू व्यक्ति घाइते भएका छन्।

ओमानमा दर्ता भएको सो बसमा ३१ यात्रु सवार थिए। शेख मोहम्मद बिन जाएन रोडमा राखिएको सङ्केतचिह्नमा बस ठोकिएको प्रहरीले जनाएको छ।

मृत्यु हुने व्यक्ति विभिन्न देशका नागरिक भएको बताइएको छ।

भारतीय अधिकारीहरूका अनुसार दुर्घटनामा आठ भारतीय नागरिकको मृत्यु भएको छ।

पचास वर्षआसपासका बसचालक घाइते भएका छन् र उनको उपचार हुँदैछ। दुर्घटनाबारे अनुसन्धान सुरु भएको छ।

दुबई प्रहरीले सामाजिक सञ्जाल ट्विटरमा दुर्घटनामा परेका मृत्यु भएका व्यक्तिका परिवारलाई समवेदना व्यक्त गरेको छ।

दुबई प्रहरीका प्रमुख अब्दुल्लाह खलिफा अल(मार्रीले सवारीसाधन चलाउँदा सानो गल्ती वा लापरबाही हुँदा नराम्रो परिणाम आउने बताएका छन्।

आधिकारिक रूपमा दुर्घटनाको कारणबारे र अन्य विवरण आएको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार उचाइको सीमितासम्बन्धी जानकारी दिन राखिएको सङ्केतचिह्न छल्न खोज्दा सो बसको दिशा अकस्मात् परिवर्तन भएको र छानो चिरिएको थियो।

दुबईस्थित भारतीय दूतावासले मृत्यु भएका भारतीय नागरिकको नाम सार्वजनिक गरेको छ। उसले मृतकका परिवारसँग आफ्नो सम्पर्क रहेको जनाएको छ।

दुर्घटनामा परेर घाइते भएका अरू भारतीय नागरिकको उपचार हुँदैछ।

अरू मृतकबारे थप जानकारी प्राप्त भएको छैन।

ओमानी बस कम्पनी म्वासलातले घटनाप्रति दुस्ख व्यक्त गर्दै मस्कट र दुबईबीच सञ्चालित आफ्नो बससेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको छ।बिबिसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>