अन्तर्वार्ता

‘सही परामर्श लिएर मात्रै अष्ट्रेलिया जाऔँ’: पौडेल

Banner

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस वैदेशिक शिक्षाका लागि जान चाहने विद्यार्थीहरुका लागि भरपर्दो परामर्श केन्द्र हो । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट उत्कृष्ट शैक्षिक परामर्श केन्द्रको रुपमा परिचित छ । एक्सपर्टको अष्ट्रेलियामा मात्रै आठ वटा शाखा कार्यालय रहेका छन् । त्यस्तै नौ वटा देशमा पनि एक्सपर्टले शाखा विस्तार गरी शैक्षिक परामर्श दिँदै आइरहेको छ । नेपालमा प्रायः धेरैजसो जिल्लामा शाखा विस्तारगरी एक्सपर्टले परामर्श दिँदै आइरहेको छ । चितवनमा पनि एक्सपर्टले दुई वटा शाखा मार्फत परामर्श सेवा दिइरहेको छ । यहाँका विद्यार्थीहरुका लागि एक्सपर्ट जेठ २३ गते (बिहीबार) ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशन सेमिनार’ आयोजना गरेको छ । यसै सन्दर्भमा रहेर हामीले एक्सपर्ट ब्रिसबेनका होम पौडेल (अरुण)सँग रहेर अष्ट्रेलियन शिक्षाबारे नारायणी अनलाईनले कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सारसंक्षेप ।

१.उच्च शिक्षाका लागि नेपाली विद्यार्थी किन अष्ट्रेलिया जाने ?

– अष्ट्रेलियाको शिक्षा प्रणाली वल्र्ड क्लासको छ । अष्ट्रेलियामा डिग्री हासिल गरेका विद्यार्थीले आफ्नो क्षमता देखाउन संसारभर नै मौका पाउन सक्छन् । अष्ट्रेलियन एजुकेशनमा सरकारले विद्यार्थीहरुको हकहितलाई ध्यान दिएको छ । केही समस्या भयो भने सरकारले प्रत्यक्ष रुपमा समाधन गर्छ र यसमा सचेत पनि छ । त्यहाँ मल्टी कल्चर छ । यसले नेपाली विद्यार्थीलाई सहजता प्रदान गर्छ । त्यहाँ ट्युसन फी प्रोटेक्सन व्यवस्था छ । यो सिस्टम अष्ट्रेलियामा मात्रै छ । विद्यार्थीले कुनै कारणबस कलेज बन्द भयो भने पनि तत्काल फिर्ता गरिदिन्छ । यी लगायतका कुराहरुले गर्दा अष्ट्रेलिया इन्टरनेशनल एजुकेशनका लागि राम्रो गन्तव्य हो ।

२. नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया जान कत्तिको सहज छ ?

– नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया सहज नै मान्नुपर्छ । उनीहरुले मुख्यगरी हेर्ने भनेको विद्यार्थीले पढ्न चाहेको विषयको एकेडेमिक ब्याक ग्राउण्ड, अङ्ग्रेजी भाषा र अर्को महत्वपूर्ण कुरा भनेको विद्यार्थीको परिवारिका आर्थिक अवस्था हो । अष्ट्रेलियामा खान, बस्न सक्ने र पढाइ चलुन्जेलसम्मको आर्थिक अवस्थाको बारेमा बुझ्छ । यस्तै उसले विद्यार्थीले पढाइ सकेपछि आफ्नो घर फर्किन्छ कि फर्किदैन भन्ने कुरामा पनि ध्यान दिन्छ । यति भएपछि नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया अध्ययनका लागि जान सहज नै छ । भिसा पनि दिइनै रहेको छ ।

३. अष्ट्रेलियामा विद्यार्थीहरुलाई कत्तिको समस्या पर्छ ?

– अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई कस्तो खाले समस्या पर्‍यो भन्ने कुरा हो । काम पाउन गाह्रो भन्ने कुरा पछिल्लो पटक बढी सुनिएको छ । त्यो चाँही काम कसरी खोज्ने भन्ने कुराको तरिका पुर्‍याउन नसकेर हुनसक्छ । नेपालबाट युवाहरु एकैपटक नयाँ ठाउँमा पुग्दा आफूसँग सीप नहुँदा, अनुभव नहुँदा सुरुका केही समयसम्म काम पाउन गाह्रो भएको हुन सक्छ । यो होइन कि अष्ट्रेलिया जाने सबै विद्यार्थीको बेहाल भएको छ । सुरुमा कसै कसैलाई तत्काल काम पाउन गाह्रो भएको हुन सक्छ अरु त्यस्तो समस्या देखिदैन । काम पाउने कुरामा विद्यार्थीको सीपमा पनि भर पर्छ ।

४. विद्यार्थीहरुलाई सही परामर्श कत्तिको महत्वपूर्ण छ ?

– विद्यार्थीहरुलाई अष्ट्रेलियन शिक्षाको सही परामर्श एकदम आवश्यक छ । त्यसकारण नै हामी विद्यार्थीहरुलाई तपाइँहरु बढी रिसर्च गर्नुहोस्, सही परामर्श लिनुहोस्, सही सूचनाहरु लिनुहोस् भन्छौँ । त्यो परामर्श नलिइ जाँदाखेरि महत्वाकांक्षा धेरै हुन्छ । यहाँ एउटा महत्वाकांक्षा लिएर गइन्छ, त्यहाँ जाँदा अर्को अवस्था देखिन्छ । हामी कति काम गर्न पाउँछौँ, कसरी पढ्नुपर्छ भन्ने बारे विद्यार्थीहरुले राम्रोसँग बुझेर मात्र जानुपर्छ । अर्को कुरा पढाइको सन्दर्भमा पढाइको सिस्टम कस्तो हुन्छ त्यहाँ, नेपालको र त्यहाँको के फरक छ भन्ने कुरा यही बुझेर जाँदा धेरै नै सहयोग मिल्छ । नेपालबाट प्रोसेस गर्नुभन्दा अगाडि धेरै भन्दा धेरै रिसर्च गर्ने, बुझ्ने गर्नुपर्छ । यहाँ हाम्रा कन्सलटेन्टहरुसँग एक पटक मात्र होइन चार पटक बसेर भएपनि राम्रोसँग बुझेर मात्रै जानुपर्छ ।

५. तपाई अष्ट्रेलियामा नै बस्नुहुन्छ, त्यहाँ नेपाली विद्यार्थीको अवस्था कस्तो पाउनु भएको छ ?

– नेपाली विद्यार्थीहरुको सरसर्ती हेर्दा सबैले राम्रो गर्नुभएको छ । एकाध केही घटनाहरु भएका छन् । तर प्रायः सबै नेपालीलाई राम्रो कामदार, विद्यार्थीको रुपमा लिन्छ । नेपाली विद्यार्थीको अवस्था धेरै नै राम्रो छ ।

६. एक्सपर्टको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशन सेमिनार’ले विद्यार्थीहरुलाई कत्तिको फाइदा पुर्‍याउँछ ?

– यो एजुकेशन सेमिनारको मुख्य उद्धेश्य नै के हो भने अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थी र उनीहरुको अभिभावकले गर्नुपर्ने पूर्व तयारी के हो भन्ने कुरा जानकारी गराउने हो । अर्को कुरा अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरु पनि आउने भएकाले उहाँहरुसँग सिधै बसेर फेस टु फेस कुरा गर्न पाउनु हुन्छ । अष्ट्रेलिया कस्तो देश हो, त्यहाँको पढाइको सिस्टम कस्तो हुन्छ, पढ्न चाहेको विषयको लागि के कस्तो डकुमेन्टहरु चाहिन्छ, शुल्कहरु के कति छन्, त्यहाँ कोर्ष पढिसकेपछि कस्तो खालको क्यारियर अगाडि बढाउन सकिन्छ भनेर प्रत्यक्ष रुपमा जानकारी लिन सक्नुहुन्छ ।

७. अष्ट्रेलिया अध्ययनका लागि जान चाहनु हुनेलाई के भन्न चाहनु हुन्छ ?

– विद्यार्थीहरुलाई मेरो आग्रह भनेको एकदमै धेरै रिसर्च गर्नुहोस्, सूचना सङ्कलनमा नै लाग्नुहोस्, आफूले पढ्न चाहेको कोर्षको बारेमा जानकारी लिनुहोस् । अभिभावकलाई सुरुमै राम्रोसँग म पढ्न जान लागेको, काम गर्न होइन भन्ने जानकारी दिनुपर्छ । तर अष्ट्रेलियामा अर्को सुन्दर पक्ष के छ भने पढ्दा पढ्दै पनि काम गर्न पाउनु हुन्छ । तर पढ्न जाने भएकाले सुरुको दुई वर्ष पढाइमा नै ध्यान दिएर बस्नु पर्छ । पढाइ सकिएपछि त्यहाँको प्रक्रिया अनुसार आफ्नो करिअर अगाडि बढाउँदा सहज हुन्छ । मेरो अर्को आग्रह अभिभावकहरुलाई छ, आफ्नो बच्चालाई पढ्न पठाउँदै छु, काम गर्न पठाउन लागेको छैन भनेर बुझ्नु भयो भने राम्रो हुन्छ । जसले गर्दा विद्यार्थीहरुलाई धेरै प्रेसर हुँदैन । यदी अभिभावकले पैसामा धेरै अपेक्षा गर्दिनु भएन भने उनीहरुले आफ्नो टाइममा पढाइ सक्छन् । यसले उहाँहरुको भविष्य राम्रो बन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>