Uncategorized

आनन्दपुर कबर्डहलको सांसद सुवेदीद्धारा शिलान्यास

Banner

भरतपुर,जेठ १९-

भरतपुर महानगरपालिका वडा नम्बर ५ निर्माण हुन लागेको कभर्ड हलको शिलान्यास गरिएको छ । प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको कभर्ड हलको प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य विजय सुवेदीले शिलान्याश गरेका छन् ।

सो अवसरमा बोल्दै सुवेदीले प्रदेश सरकारको हरेक निर्वाचन क्षेत्रमा एक कभर्ड हलको योजना अनुरुप आनन्दपुरमा कभर्डहल निर्माण गर्न लागिएको जानकारी दिए । उनले हरेक वडामा खेल मैदान र अन्य आवश्यक पुर्वाधार निर्माण गर्नुपर्ने बताए । सांसद सुवेदीको पहलमा भरतपुर १० मा रहेको अधुरो कबर्डहल निर्माणको काम सम्पन्न गर्न र आनन्दपुरमा कबर्डहल निर्माण गर्न ५० लाख रुपैयाँ रकम यो आर्थिक वर्षका लागि विनियोजन गरिएको हो । सुवेदीले आनन्दपुरको कबर्डहललाई आगामी आर्थिक वर्षमा पनि बजेटको विनियोजन गरेर पुर्णता दिइने जानकारी दिए ।

आनन्दपुर कबर्ड हल ७८ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो । यो आर्थिक वर्षमा १५ लाख रुपैयाँको काम हुने वडाध्यक्ष पदमपाणि सुवेदीले जानकारी दिए । तीन सय जना क्षमताको कबर्डहल आनन्दपुर राष्ट्रिय आधारभूत विद्यालयको जग्गामा निर्माण गर्न लागिएको हो ।

कार्यक्रम कबर्डहल व्यवस्थापन समितिका संयोजक भीमप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद खराल, आनन्दपुर खोनेपानी उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद आचार्यलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>