सिनेमा

एउटा फिल्म चलेपछि हेलचक्राई हुन्छ र ?

Banner

बैशाख २२, २०७६

छक्का पन्जा ले नेपाली फिल्मको इतिहासमा नयाँ रेकर्ड तोड्यो । नयाँ रेकर्डले दिपकराज गिरी, दिपाश्री निरौलालाई नयाँ खुशी दियो ।
फिल्मको खुशीमा उनीहरु रमाए, खुशी हुँदा जल्नेहरु पनि कम थिएनन् । दिपकराज गिरी र दिपाश्री निरौला अनी उनीहरुको समुहले छक्का पन्जा २ बनायो । तर, फिल्मले आलोचना ठूलो भोग्यो । फिल्ममा त्रुटीहरु धेरै भए । दर्शकले फिल्मलाई कतिपय स्थानमा वुझेनन् ।

फिल्म छक्का पन्जा जस्तै होला भन्ने सोचेका दर्शकले छक्का पन्जा २ मा त्यो पाएनन् । नपाएपछि, आलोचना भयो । अहिले, दिपकराज र उनको समुहले छक्का पन्जा २ मा कमजोरी भएको स्विकार गर्छन् ।
के उनीहरुले यसमा हेलचक्राई गरेका थिए ? देखियो त यस्तै ।

शत्रु गते फिल्म बनाएका मह संचारले दाल भात तरकारी सिनेमा बनाए । दाल भात तरकारी फिल्मले शत्रु गतेको जस्तै दर्शकको तारिफ पाएन । फिल्मबाट दर्शक विच्किए । पहिलो फिल्म चलेपछि दोश्रो फिल्ममा पनि दर्शक आइहाल्छन् भन्ने सोच देखियो । तर, यो सोचले हानी गरेको छ । मह संचारले किन यती कमजोर फिल्म बनायो भनेर आलोचना भएको छ । हरिवंश आचार्यले दर्शकलाई आफूहरुले फिल्मको बारेमा चल्नु अघि नै वुझाउन नसक्दा समस्या भएको स्विकार गरिसकेका छन् ।

निर्माता सुवास गिरीले नोभेम्बर रेन र क्लासिकबाट राम्रो नाम कमाएका थिए । क्लासिक र नोभेम्बर रेनको कथालाई दर्शकले रुचाए ।
यसपछि उनले अभिनेता अनमोल केसीलाई लिएर फिल्म कृ बनाए । २ बर्ष लगाएर बनाइएको कृमा मिहिनेत कम, हल्ला बढी भयो । फिल्मको प्राविधिक पाटोमा धेरै खर्च भयो, कथामा मिहिनेत गरिएन ।
कृले अपेक्षा अनुसारको व्यापार गर्न सकेन । सुवास अहिले नयाँ फिल्म बनाउन धेरै पटक सोचिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>