मनोरञ्जन

‘डियर लभ’ सिरिज वैशाखमा आउने

Banner

काठमाडौं – आउँदो वैशाख १५ गतेबाट प्रशारण गर्ने गरी तयार पारिएको वेब सिरिज ‘डियर लभ’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा बिहीवार एक कार्यक्रमको आयोजना गर्दै सिरिजको ट्रेलर सार्वजनिक गरियो ।

रुबुशा क्रियटिभ वर्कसको ब्यानरमा निर्माण हुने यो सिरिजलाई युट्युबमा पनि सोही नामको युट्युब च्यानलबाट प्रसारण गरिने आयोजकले जनाएको छ । सिरिजमा रविन बोगटीको पटकथा र संवाद रहनेछ ।

युवापुस्ताको कथालाई आधार बनाइएको यो सिरिजमा दिप्सन भट्टराई, करिना कक्षपति, रबिन बोगटी, रश्मि भट्ट, केदार श्रेष्ठ, किरण चन्द, कल्याण थापा, इशिका लिम्बु लगायतका कलाकारको अभिनय रहनेछ ।

सिरिजमा विवेक रसाइलीको लेखन तथा निर्देशन छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>