बलिउड/हलिउड

जाह्नवी कपूरको खुलासा, यी कलाकार हुन् उनका क्रश

Banner

मुम्बई – बोनी कपूर र श्रीदेवीकी छोरी जाह्नवी कपूर बलिउडका सबैभन्दा चर्चित स्टार किड्सेमध्ये एक हुन् । सामाजिक सञ्जालमा उनका कैयन् फ्यान छन् । जाह्नवीलाई कतिपय युवाहरुले मनमा सजाएर राखेका छन् ।

यता जाह्नवीको पनि मनमा पनि एक कलाकार क्रस भएर बसेका छन् । तर यो कुरा कसैलाई थाहा थिएन ।

हालै जाह्नवीले खुलाएकी छिन् कि, उनले लामो समयदेखि राजकुमार रावलाई मन पराउँछिन् । यति मात्र होइन, उनले आफ्नो प्रेमलाई इन्स्टाग्राममा पनि शेयर गरेकी छिन् । जाह्नवीले भनेकी छिन् कि, राजकुमारसँग कसरी डिल गर्ने भन्ने सम्झेर नै अजीब लाग्ने गर्छ।

उनले पहिले इन्स्टामा आफ्नो एकाउन्ट भेरिफाइ नुहँदा राजकुमार रावका कैयन् पोस्टमा कमेन्ट पनि गरेकी थिइन् । त्यतिबेला उनको एकाउन्ट प्राइभेट थियो ।

फिल्मको कुरा गर्नुपर्दा जाह्नवी यतिबेला गुञ्जन सक्सेनाको बायोपिक फिल्मको शूटिङमा व्यस्त छिन् । साथै उनी करण जोहरका फिल्म ‘तख्त’ मा पनि देखिनेछिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>