मनोरञ्जन
रङ्गशाला निर्माणमा सहयोग जुटाउन दुबईमा ‘धुर्मुस सुन्तली साँझ’
०
काठमाडौं – चितवनमा निर्माण हुने अन्तर्राष्ट्रिय स्तरको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ लाई आर्थिक सहयोग जुटाउन दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ ।
दुबईमा सक्रिय रहेका संघ संस्थाहरूको आयोजना रहने गरी चितवन समाजले यो कार्यक्रमको संयोजन गर्न लागेको हो । कार्यक्रम यही अप्रिल २६ तारिखका दिन हुने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले जानकारी दिए ।
कार्यक्रममा धुर्मुस सुन्तली सहित अन्य चर्चित कलाकारहरुको समेत उपस्थिति रहने आयोजकले बताएको छ । धुर्मुसले सामाजिक सञ्जाल फेसबुकमा समेत कार्यक्रमका बारेमा जानकारी दिएका छन् ।
ग्राण्ड एक्सेलसियर होटल, बर दुबईमा उक्त कार्यक्रम हुने बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>