मनोरञ्जन

१२ फिल्मलाई ‘ब्लकबस्टर’ अवार्ड दिइने

Banner

काठमाडौं – बक्स अफिस फिल्म क्लब नेपालले यो वर्ष प्रदर्शन भएकामध्ये १२ फिल्मलाई ‘ब्लकबस्टर अवार्ड २०७५’ बाट सम्मान गर्ने भएको छ । यस वर्ष रिलिज भएका फिल्ममध्ये निकै कम मात्र फिल्म बक्स अफिसमा बल्कबस्टर हुँदा फिल्म क्लब नेपालले भने १२ वटा फिल्मलाई अवार्ड प्रदान गर्न लागेको हो ।

बक्स अफिस क्लब नेपालका आर के सुवेदीले जनाएअनुसार यो वर्ष रिलिज भएका फिल्म ‘लिलिबिली’, ‘छक्का पञ्जा ३’, ‘जय भोले’, ‘बोबी’, ‘नाइँ नभन्नू ल ५’, ‘कायरा’, ‘भैरे’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘चंगाचेट’, ‘रामकहानी’, ‘प्रसाद’ र ‘क्याप्टेन’ लाई सम्मान गर्न लागिएको हो ।

उक्त समारोहमा लामो समयदेखि पत्रकारिता गर्दै आएका तीन फिल्म पत्रकारलाई पनि सम्मान गरिने भएको छ । पत्रकार डब्बु क्षेत्री, लक्ष्मण सुवेदी र सवी कार्कीलाई सम्मान गर्न लागिएको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>