मनोरञ्जन

जसिता रुँदा प्रदीप पनि हाँस्न सकेनन्

Banner

काठमाडौं – चैत्र २२ गतेबाट सिनेमा घरमा रिलिज भएको फिल्म ‘लभ स्टेशन’ मा समावेश ‘तिमी रुँदा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत बुढासुब्बा डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो ।

गीतमा दीपक शर्माको संगीत, डेभिड शंकरको स्वर तथा दीपक शर्मा र उषा शेरचनको शब्द रहेको छ ।

गीतको भिडियोमा प्रदीप खड्का र जसिता गुरुङलाई पीडाको भावना पोख्दै गरेको देख्न सकिन्छ । लभस्टोरी यो फिल्ममा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, सिरु विष्ट, रवि डंगोल, प्रिया रिजाल लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

फिल्मलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>