सूचना-प्रविधि

तपाईंले प्रयोग गर्ने मोबाइल तपाईंका लागि कति हानिकारक छ ? यसरी जान्नुहोस्

Banner

प्राविधिको प्रयोगले हाम्रो दैनिकीलाई जति सहज बनाइरहेको हुन्छ, त्यति नै त्यसको नकरात्मक असर पनि हामीमाथि परिरहेको हुन्छ । मोबाइल फोनकै कुरा गर्दा यसबाट उत्पन्न हुने रेडिएसन (रेडियोधर्मी विकिरण)ले विभिन्न प्रकारका स्वास्थ्य समस्या उत्पन्न गराउँछ ।

मोबाइ फोनबाट एक विशेष प्रकारको तरङ्ग (इलेक्ट्रो म्याग्नेटिक रेडिएसन) निस्किन्छ । त्यस्तो रेडिएसनले मानवीय स्वास्थ्यमा प्रतिकुल असर पार्ने धेरै खोजबाट पत्ता लागिसकेको छ ।

मोबाइलमा कति रेडिएसन हुन्छ ?

तपाईं हामीले कुनै मोबाइल खरिद गर्नुपूर्व उक्त मोबाइलले कति मात्रामा रेडिएसन उत्सर्जन गर्छ भन्ने कुरा पनि जान्नु जरुरी हुन्छ । यस्तो रेडिसनको मापन स्पेसिफिक एब्जर्प्सन रेट (सार)बाट गरिन्छ ।

संयुक्त राज्य अमेरिकाले कुनै पनि प्रकारका मोबाइलको स्पेसिफिक एब्जर्प्सन रेड (सार) १.६ वाट प्रति किलोग्रामभन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ ।

भारतको सञ्चार तथा सूचना प्रौद्योगिक मन्त्रालयले पनि सार रेट १.६ वाट प्रति किलोग्रामभन्दा माथि हुनुहुँदैन भनेको छ ।

तपाईंको मोबाइलको सार रेट कति छ ?

कुनैपनि मोबाइल किन्दा त्यसको बट्टाको बाहिर टाँसिएको पर्चामा नै उक्त मोबाइलको सार रेट उल्लेख गरिएको हुन्छ । तपाईंले मोबाइल खरिद गर्दा सार रेट १.६ भन्दा माथि उल्लेख भएको मोबाइल नकिन्दा नै राम्रो हुन्छ । मोबाइल किन्न जाँदा बिक्रेताहरुसँग आफूले किन्न लागेको मोबाइलले कति रेडिएसन उत्सर्जन गर्छ भनेर पनि सोध्न सक्नुहुन्छ ।

यदि तपाईंले मोबाइल खरिद गरिसक्नुभएको छ, र सार रेट कति छ भन्ने जान्नुभएको छैन भने मोबाइलको डाइलप्याडमा *#07# कोड डायल गरेर पनि यसबारे जानकारी लिन सकिन्छ ।

कतिपय मोबाइलमा यस्तो कोड डायल गर्दा पनि साररेटबारे जानकारी उपलब्ध हुँदैन । अर्थात् केही मोबाइल कम्पनी प्रयोगकर्तालाई आफ्नो मोबाइलले उत्सर्जन गर्ने रेडिएसनको मात्राबारे जानकारी दिन चाहँदैनन् । यस्तो अवस्थामा तपाईंले आफ्नो मोबाइलको मोडेल नम्बर उल्लेख गरेर इन्टरनेटबाट पनि त्यसको सार रेटबारे सर्च गरेर जान्न सक्नुहुन्छ । यदि त्यसको सार रेट १.६ वाट प्रति किलोग्रामभन्दा माथि छ भने त्यस्तो फोन तपाईंको स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

मोबाइलको रेडिएसन सधैं एक नासको हुन्छ ?

विशेषज्ञहरुको भनाइलाई मान्ने हो भने कनेक्टिङ नेटवर्कका आधारमा चल्ने कुनै पनि डिभाइसलाई रेडिएसनबाट मुक्त राख्न सकिँदैन । अर्थात् यी उपकरणहरु रेडिएसनबाट मुक्त भएर चल्न सक्दैनन् । तपाईंको मोबाइलले कुनै नेटवर्कसँग पहुँच स्थापना गर्न पनि रेडिएसनले नै काम गरेको हुन्छ । तर, त्यसको मात्रा कम या बढी भन्ने मात्रै हुन्छ । हामीले कतिपय मोबाइल यस्ता पनि प्रयोग गरेका हुनसक्छौं, जो विकट ठाउँमा पनि राम्रोसँग नेटवर्कको पहुँचमा हुन्छन् ।

आर्थात् दूरसञ्चार प्रदायक कम्पनीको नेटवर्क टावर आसपास नहुँदा (धेरै टाढा हुँदा) पनि मोबाइल फोनमा नेटवर्कले राम्ररी काम गरेको हुन्छ । यस्तो अबस्थामा मोबाइलमा रेडिएसन धेरै बढ्न जान्छ ।

यस्तै मोबाइल चार्जमा लगाएको बेला पनि त्यसमा रेडिएसनको मात्रा १० गुणासम्म बढ्न जान्छ । त्यसैले प्राविधि विज्ञहरु चार्जमा लगाएको बेला मोबाइल प्रयोग गर्नु खतरा हुने चेतावनी दिन्छन् ।

यस्तै तपाईंको सिग्नल कमजोर हुँदै जाँदा, अर्थात् नेटवर्कसँगको पहुँच कमजोर हुँदै जाँदा पनि रेडिएसन बढ्न जान्छ ।

रेडिएसनबाट कसरी बच्ने ?

तपाईं मोबाइल प्रयोगकर्ता हुनुहुन्छ भने त्यसबाट उत्पन्न हुने रेडिएसनबाट पूर्ण रुपमा त बच्न सक्नुहुन्न । तर, त्यसको सिधा असरबाट भने केही हदसम्म आफूलाई टाढा राख्न सक्नुहुन्छ ।

मोबाइलबाट फोन गर्दा तपाईंले तारसहितको एयरफोन प्रयोग गर्न सक्नुहुन्छ । अहिले बजारमा ताररहित (वायरलेस) एयरफोन पनि उपलब्ध हुन्छन्, तर ती एयरफोनहरुमा पनि रेडिएसन हुन्छ । सकभर तपाईंले तारसहितको एयरफोन प्रयोग गर्नु नै राम्रो हुन्छ ।

चार्जमा लगाइएको बेला मोबाइल प्रयोग नगर्नुहोस् । अर्थात् आफूभन्दा टाढा राखेर फोनलाई चार्जमा लगाउनु राम्रो हुन्छ । राति सुत्दा ओछ्यानमा मोबाइल राख्ने गर्नुहुन्छ भनेपनि यसले तपाईंलाई हानी पुर्‍याइरहेको हुन्छ । राति सुत्दा पनि मोबाइल ओछ्यानभन्दा टाढा राख्नुहोस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>