खेलकुद
गोल्डकप फुटबल पुस ४ देखि

बेलबारी(मोरङ) मंसिर १२ –
आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन।बी। रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।
डाँगीहाट युथ क्लबले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगितामा भारतका समेत आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब ९बेलबारी–११० सहित भारतको मिक्स क्लब (खर्साङ), सहलेस युवा क्लब (सिराहा), नेपाल पुलिस क्लब (काठमाडौँ), भोजपुर जिल्ला फुटबल सङ्घ (भोजपुर), थ्री स्टार क्लब (काठमाडौँ), साविक विजेता प्लानिङ ब्वाइज क्लब (काठमाडौँ) र रेड स्टार फुटबल क्लब (बिर्तामोड)ले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्ग खेल मैदानमा हुने छ ।
राष्ट्रियस्तरका ‘ए’ डिभिजन क्लबहरू र भारतीय टिमको समेत सहभागिता रहने भएकाले यसपटकको प्रतिस्पर्धा अझ रोमाञ्चक हुने प्रतियोगिता आयोजक क्लबका अध्यक्ष विक्रम बान्तवाले जानकारी दिनुभयो ।
आठौँ संस्करणको फाइनलमा सहलेस युवा क्लब सिराहालाई २–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँले उपाधि उचालेको थियो ।


























