राजनीति

डा. शर्माद्वारा डोल्पाबाट एक करोडभन्दा बढीको छात्रवृत्ति घोषणा

०
Banner

काठमाडौं, मंसिर १२-

नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोईराला फाउण्डेसनका सभापति डा. सुनीलकुमार शर्माले डोल्पाका गरिब तथा विपन्न परिवारका जेहेनदार विद्यार्थीलाई लक्षित गरी एक करोड १४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गर्नुभएको छ ।

डा. शर्माले डोल्पाबाट एसईई उत्तिर्ण गरेका विद्यार्थीलाई स्वास्थ्य शिक्षाका विभिन्न ६ वटा विधामा अध्ययन गर्न काठमाडौं मेडिकल कलेज (केएमसी), काठमाडौं र नोबेल मेडिकल कलेज, विराटनगरमार्फत छात्रवृत्ति उपलब्ध गराउने घोषणा गर्नुभएको हो । कर्णालीका दुर्गम बस्तीमा निःशुल्क स्वास्थ्य सेवा पु¥याउने अभियानअन्तर्गत शुक्रवार दुनैमा आयोजित स्वास्थ्य शिविरका क्रममा उनले छात्रवृत्ति घोषणा गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>