Breaking News
होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी नागरिक भन्छन्–‘बास देउ, नत्र थापाथलीमै छोडिदेउ’
०

काठमाडौं, मंसिर ११ –
वैकल्पिक आवासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारले सरकारको विरोध गरेका छन् ।
सरकारले गत १२ र १३ बैशाखमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीमाथि डोजर चलाएर खाली गराएको थियो । घरबारविहीन बनाइएका परिवारलाई सुरक्षित बसोवासको व्यवस्था नगरी अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोजिएपछि उनीहरुले सरकारको निर्णयको विरोध गरेका छन् । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुम्बासी नागरिकले उचित व्यवस्थापनबिना आफूहरूलाई हटाउन खोजिएको भन्दै शुक्रवार रित्तो थालसहित विरोध प्रदर्शन गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























