खेलकुद

पाकिस्तानले नेपाललाई दियो १६९ रनको लक्ष्य

०
Banner

काठमाडौं, मंसिर ८-

कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेटमा नेपालले पाकिस्तान एुलाई १६८ रनमा अलआउट गरेको छ ।

राशिद खानको कसिलो बलिङको मद्दतले ५० ओभरको खेलमा नेपालले पाकिस्तान ुएुलाई ४२ ओभरमा अलआउट गरेको हो । राशिदले ८ ओभरमा ३९ रन खर्चंदै पाँच विकेट लिए ।

मंगलबार दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानका लागि रोहेल नजिरले अविजित ६४ रन बनाए । उनले ८३ बलमा चार चौका र तीन छक्का प्रहार गरे ।

यसैगरी, हसन नवाजले २८, अहमद दानियालले १६, हैदर अलीले १५ तथा माज सदाकत र कप्तान अब्दुल समाले १३–१३ रन बनाए ।

आठौँ विकेटका लागि नजिर र दानियालबीच ७० रनको साझेदारी भएको थियो । यो साझेदारीलाई रासिद खानले दानियाललाई इशान पाण्डेबाट क्याच गराउँदै तोडेका थिए ।

नेपालका लागि राशिदका अलावा अभिषेश गौतमले दुई तथा कुशल भुर्तेल र कप्तान सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>