देश/प्रदेश
बाढी र पहिरोका कारण दुई स्थानमा सडक अवरुद्ध, घोप्टेभिरमा दैनिक पाँच घण्टा आवागमन बन्द
०

काठमाडौं ,मङ्सिर ७-
विपद्का कारण देशका दुई स्थानमा सडक तथा पुलमा आवागमन प्रभावित भएको छ ।
प्रहरीले सार्वजनिक गरेको सोमबार बिहान ६ बजेसम्मको विवरणअनुसार चितवनको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभिरमा सुख्खा पहिरो खसेपछि जोखिमयुक्त ढुङ्गा तथा माटो हटाउने काम भइरहेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत उक्त सडकखण्डमा दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती–मान्बु जाने पुल बाढीका कारण पूर्णरूपमा अवरुद्ध रहेको छ ।
प्रहरीका अनुसार उक्त पुल गत असोज २५ गतेदेखि अवरुद्ध भएको हो । दुवै स्थानमा सवारी तथा आवागमनको अवस्था हेरेर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























