देश/प्रदेश
आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
०

काठमाडौं ,मङ्सिर ७-
देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाको पूर्वानुमानअनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ ।
कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























