Breaking News

दिनभरका मुख्य समाचारः प्रधानमन्त्री बालेनको भारत भ्रमणदेखि एनपीएल फाइनलसम्म, आज के–के भए ?

०
Banner

काठमाडौँ, मङ्सिर २ –

आज दिनभर राष्ट्रिय राजनीति, प्रधानमन्त्रीको भारत भ्रमण, नेपाल–भारत सम्बन्ध, खेलकुद, दुर्घटना, अर्थतन्त्र, स्वास्थ्य तथा स्थानीय गतिविधिसँग सम्बन्धित विभिन्न विषय चर्चामा रहे । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणदेखि एमालेको राजनीतिक गतिविधि र नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सको फाइनल यात्रासम्मका घटनाक्रम आजका प्रमुख समाचार बने ।

आज दिनभरका प्रमुख समाचारहरू:

१. प्रधानमन्त्री बालेन मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट वार्ता हुने, नेपालगञ्ज–दिल्ली सिधा उडानको माग

२. एनपीएलमा लुम्बिनी लायन्स फाइनलमा प्रवेश, प्रतियोगितामा अहिलेसम्म २४ अर्धशतक र एक शतक प्रहार

३.पार्टीपंक्तिलाई ओलीको निर्देशन– ‘आन्दोलनको मानसिकता बनाएर बस्नू, कुनै पनि बेला आन्दोलनमा जानुपर्ने हुनसक्छ’

४. एमालेले एक दिन अगाडि सार्‍यो केन्द्रीय कमिटीको बैठक

५. सिन्धुलीमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते

६. तिहार मनाउन घर फर्किएका बाबु–छोराको सडक दुर्घटनामा मृत्यु, गाउँ शोकमग्न

७. हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

८. भरतपुर अस्पतालमा बिरामीको चाप, ५०० शय्याको स्वीकृति भए पनि १०० शय्याको मात्र दरबन्दी

९. दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा

१०. करिब २० हजार कुखुरामा छाप लगाई मासु जाँच ऐन कार्यान्वयन सुरु

११. सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले घट्यो, तिहारयता १७ हजारले सस्तियो

१२.कात्तिक महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता सार्वजनिक

१३.नारायणी अनलाइनविरुद्ध भ्रम फैलाउने महोत्सव आयोजकले माग्यो माफी, गल्ती नदोहोर्‍याउने प्रतिबद्धता

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>