राजनीति

काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा.सुनिल शर्मा

०
Banner

काठमाडौं, असोज १७ –

नेपाली काँग्रेसका नेता डा.सुनिल शर्माले पार्टीभित्र देखिएको विवादलाई लिएर कांग्रेस विभाजन नभएको दाबी गर्नुभएको छ ।

शनिवार महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नेक्रममा उहाँले काँग्रेसभित्र केही विवाद देखिएपनि पार्टी विभाजन नभएको दाबी गर्नुभएको हो । उहाँले काँग्रेसभित्रको विवाद मिलाउने जिम्मेवारी आफुहरुको रहेको बताउनु भयो । महामन्त्रीमा विजयी भएमा शुरुमा नै पार्टीभित्रको विवाद समाधानमा आफू लाग्ने उहाँको भनाई छ । उहाँले पार्टीभित्र आफू प्रो कोईराला रहेको बताउनु भयो ।

उहाँले आफू वीपी कोईरालाको अनुयायी र गिरिजाप्रसाद कोईरालाको कार्यकर्ता भएको उल्लेख गर्दै कोइराला परिवारले नेपाली काँग्रेसको स्थापनामा महत्वपूर्ण योगदान गरेको बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>