राजनीति
डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा
०

काठमाडौं, असोज १७ –
नेपाली काँग्रेसका नेता डा सुनिल शर्माले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
शनिवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उहाँले उम्मेद्वारी घोाषणा गर्नुभएको हो । उहाँले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको बताउनु भयो । उहाँले काँग्रेसलाई दूरदराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको बताउनु भयो ।
लोकतन्त्र पुनःस्थापनाका लागि विगतमा आफूले नेपाल, भारत र अमेरिकासम्म विभिन्न तहमा राजनीतिक गतिविधि र ‘लभिङ’ गरेको स्मरण गर्दै कांग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























