Breaking News
भिजिबिलिटी नपुग्दा भरतपुर विमानस्थलबाट उडान हुन सकेन
०

चितवन, असोज ९ —
खराब मौसमका कारण शुक्रबार बिहानदेखि चितवनको भरतपुर विमानस्थलबाट हवाइ उडान हुन सकेकाे छैन । उडान र अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुगेपछि विमानस्थलबाट हुने शुक्रबारका सबै उडान रद्द गरिएको छ।
बुद्ध एयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार मौसममा सुधार नआएपछि निर्धारित सबै उडान रद्द गरिएको हो। भिजिबिलिटी कम भएका कारण विमानस्थलमा उडान तथा अवतरण हुन नसकेको उहाँले जानकारी दिनुभयो।
भरतपुर विमानस्थलबाट दैनिक पाँच सयभन्दा बढी यात्रु चितवन–काठमाडौँ तथा पोखरा आवतजावत गर्दै आएका छन्। उडान रद्द भएपछि ती यात्रु प्रभावित भएका छन्।
मौसममा सुधार आएपछि मात्र विमानस्थलबाट नियमित उडान सञ्चालन हुने जनाइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























